यी संस्थाले पाए निर्वाचन पर्यवेक्षणका लागि अनुमति
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको पर्यवेक्षणका लागि ३१ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले अनुमति पाएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई निर्वाचन आयोगले पर्यवेक्षणको जिम्मेवारी दिएको हो ।
निर्वाचन पर्यवेक्षणका लागि आयोगले आह्वान गरेपछि कुल ४८ वटा संस्थाबाट निवेदन प्राप्त भएको थियो । यसमध्ये...



























