संगालोखबर


काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव-इन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा मण्डलको शैक्षिक प्रमाणपत्र जाँच गर्दा नक्कली पुष्टि गर्दै आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति पटनाबाट माध्यामिक तहको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेको तथा मडैया बलुवा उच्च विद्यालयको विद्यालयय परित्याग गरेको नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी जिल्ला विकास समिति सुनसरीबाट २०५३ साल साउन १ गते सहायक सव-ओभरसियर पदमा नियुक्ति पाएका थिए ।

सोही शैक्षिक प्रमाणका आधारमा मण्डलले ०६७ साल माघ ७ गतदेखि सहायक इन्जिनियर पदमा बढुवा भएर तलब भत्तासहितको ओहोदा, लाभ र सरकारी सेवा सुविधा लिएर भ्रष्टाचार गरको अख्तियारको ठहर छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!