२०८१ जेठ ४ गते शुक्रबार/आजको राशिफल

२०८१ जेठ ४ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ जेठ ०४ गते शुक्रबार ई.सं.२०२४ मे १७ नेपाल सम्वत् ११४४ बछलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल नवमी, चन्द्रमा सिंह राशिमा पूर्वफाल्गुनी नक्षत्र, व्याघात योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ०६ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशा...
सुन लुकाएर अपहरणमा परेको नाटक गर्ने इलामका युवक पक्राउ

सुन लुकाएर अपहरणमा परेको नाटक गर्ने इलामका युवक पक्राउ

विराटनगर । विदेशबाट फर्किँदा अवैध रुपमा ल्याएको सुन सम्बद्ध धनीलाई नदिने उद्देश्यले अपहरणमा परेको नाटक गरेको आरोपमा प्रहरीले इलाम घर भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको सूर्योदय–१४ घर भइ झापाको बिर्तामोडमा बस्दै आएका ३८ वर्षीय सूर्यबहादुर समाल मगर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान ललितपुरको गोदावरी–६ सडक किनारमा एकजना घाइते लडिरहेको खबर प्रहरीले पाएको थियो । सामान्य चोट ...
सञ्चारकर्मीसँग सभामुखको गुनासो- कार्यक्रमका समाचार नै आएनन्

सञ्चारकर्मीसँग सभामुखको गुनासो- कार्यक्रमका समाचार नै आएनन्

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आफू उपस्थित भएका कार्यक्रमका समाचार नै नआएको गुनासो गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीहरूसँगको भेटमा सभामुख विष्टले यस्तो गुनासो गरेका हुन् । उनले आफू उपस्थित कार्यक्रमका समाचारहरू प्रकाशन तथा प्रसारण गर्न सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेका थिए । डेढ वर्षसम्म विषयगत समितिका सभापति चयन गर्न नसकेको कोशी प्रदेशसभाले जेठको दोस्...
अध्यक्ष कप भलिबलमा सहिदभूमि-३ र ५ को टिम विजयी

अध्यक्ष कप भलिबलमा सहिदभूमि-३ र ५ को टिम विजयी

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा दोस्रो संकरणको अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पञ्चकृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सहिदभूमि गाउँपालिका–३ ‘ए’ विजयी भएको छ । फाइनल खेलमा सहिदभूमि गाउँपालिका ३ ‘ए’ ले सहिदभूमि गाउँपालिका–३ ‘बी’ लाई उत्कृष्ट पाँचमा ३–२ को सेटले हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यस्तै, महिला तर्...
विराटनगरको ‘नमुना सडक’ : धुलो र हिलोले स्थानीय आजित

विराटनगरको ‘नमुना सडक’ : धुलो र हिलोले स्थानीय आजित

विराटनगर । विराटनगर–४ र ५ स्थित गणेश चोकदेखि केसलिया खोलासम्मको हुलाकी सडकखण्ड बेला–बेलामा चर्चामा आउने गर्छ । सडक निर्माण कार्य सुस्त हुँदा स्थानीयले चाँडो काम सक्न दबाब दिँदै नेता बहिष्कार अभियानदेखि सवारीसाधन आवागमन ठप्प पार्दै आएका छन् । दशक अवधिमा पनि करिब ३ किलोमिटर सडकले पूर्णता पाउन सकेको छैन । जसका कारण सो क्षेत्रका बासिन्दा, व्यवसायीलगायत अनेक खाले सास्ती खेप्न बाध्य छन् । पछिल्लो सम...
भेट्रान्स फुटबलः पूर्वेली युवा क्लबको फराकिलो जित

भेट्रान्स फुटबलः पूर्वेली युवा क्लबको फराकिलो जित

झापा । बिकर्ण श्रेष्ठको चार गोल मद्दतमा फराकिलो जित निकाल्दै आयोजक रातो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले पाहुना टोली इलामको एमसिसी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो । इलामलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब रातो ...
नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

झापा । सुनजस्तो देखिने पहेँलो धातु देखाएर सर्वसाधारणलाई ठग्ने काममा सक्रिय एकजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–६ स्थित पशुहाटबाट ३० वर्षीय सञ्जीव शर्मालाई पक्राउ गरिएको हो । दमकका विभिन्न स्थानमा लाग्ने हाट बजारहरुमा गइ जेष्ठ नागरिक र महिलाहरुलाई पहेँलो धातु देखाएर ठग्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । त्यस क्रममा म...
मोरङको रंगेलीमा आगलागीले लाखौंको क्षति

मोरङको रंगेलीमा आगलागीले लाखौंको क्षति

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेलीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । रंगेली नगरपालिका–३ मा रहेको फर्निचर पसल र ग्यारेजमा आज बिहान आगलागी भएको हो । स्थानीय सृष्टि फर्निचर र अनिषा ग्रिल सटर उद्योगमा भएको आगलागीमा परी करिब ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगोले फर्निचर पसलका कुर्सी, सोफा तथा फर्निचर बनाउने औजारहरु जलेर नष्ट भएको छ । ग्यारेजमा आगलागी हुँदा विभि...
भागबण्डा नमिल्दा कोशी मन्त्रिपरिषद विस्तारमा ढिलाइ

भागबण्डा नमिल्दा कोशी मन्त्रिपरिषद विस्तारमा ढिलाइ

विराटनगर । मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा कोशी प्रदेश मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमति जुटाएर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका थिए । मन्त्रालय भागबण्डाको विषय अझै छलफलमा रहेको जनाउँदै एमालेका एकजना नेताले छलफलपछि सहमति जुटाएर मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । सत्ता साझेदार दल माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेल...
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा वस्ती

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा वस्ती

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा मोरङ विराटनगरका नारायणप्रसाद वस्तीलाई सिफारिस गरेका छन् । संविधानको धारा १६० को उपधारा २ अनुसार वस्तीलाई नियुक्त गर्न उनले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेका हुन् । वस्तीको नियुक्ति र शपथग्रहण कार्यक्रम आजै हुने जनाइएको छ । वस्ती नेकपा एमालेनिकट कानून व्यवसायीहरुको संगठन प्रगतिशील तथा व्यावसायिक कानून व...
विराटनगरको एनबीएससी सेमिफाइनलमा

विराटनगरको एनबीएससी सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको क्वाटरफाइनल खेलमा जोगबनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा पुगेको हो । विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २०२ रन बनाएको हो । विराटनगरका अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धशतक पूरा गरे । अनुभवले ४१...
लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

विराटनगर । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट '३२५ सी' ले मानवसेवा आश्रम र मायाघर आश्रमलाई सहयोग गरेको छ । कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा लायन्सले सहयोग रकम जुटाएको हो । सहयोग रकमबाट विराटनगरको मानव सेवा आश्रममा सुविधासम्पन्न भान्सा घर र मायाघर आश्रम इटहरीमा आवास भवन निर्माण हुने लायन्स क्लव डिस्ट्रिक्ट ३२५ सीका डिस्ट्रिक्ट गर्भनर लायन विजयह...
सुनसरी र जोगबनी विजयी

सुनसरी र जोगबनी विजयी

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत, जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब अन्तिम आठमा पुगेका छन् । विराटनगर जुटमिलको खेलमैदानमा भएको खेलमा जोगवनीले घरेलु टिम बिसीसीए विराटनगरललाई ६२ रनले र दोस्रो खेलमा सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराउँदै दुई टिम अन्तिम आठमा पुगेको हुन् । टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २०...
सन्दर्भ जेठ ३ : ती मदन भण्डारी

सन्दर्भ जेठ ३ : ती मदन भण्डारी

आज जेठ ३ गते । ३१ वर्षअघि आजकै दिन एमालेका चर्चित नेता मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा भएको ‘दुर्घटना’ मा निधन भएको थियो । नेताद्वयको स्मृतिमा पार्टीले विभिन्न कार्यक्रम गर्दैछ । स्मृति दिवसका अवसरमा एमालेले काठमाडौंको बल्खुमा आज बिहान आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति तथा भण्डारी पत्नी विद्या भण्डारी पनि सहभागी भएकी छिन् । उनले मदन–आश्रितको सालिकमा माल्यार्पण गरेकी छन् । ‘महारा...
कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

विराटनगर । कोशी प्रदेश सरकारमा आज मन्त्रीहरु थपिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरु थप गर्ने तयारी गरेका हुन् । वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले त्यसै दिन एमालेका रामबहादुर राना मगर र माओवादीका गणेश उप्रेतीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । मन्त्रिमण्डल विस्तारका सम्बन्धमा मुख्यमन्त्री कार्कीले माओवादी प्रदेशका...
भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

बिर्तामोड । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल फर्का...
२०८१ जेठ ३ गते बिहीबार/आजको राशिफल

२०८१ जेठ ३ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ जेठ ०३ गते बिहीबार ई.सं.२०२४ मे १६ नेपाल सम्वत् ११४४ बछलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल नवमी, चन्द्रमा सिंह राशिमा मघा नक्षत्र, धु्रव योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१४ बजे, सूर्यास्त साँझ ०६ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ ...
ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

विराटनगर । ठूलो परिमाण गाँजासहित धनकुटाका एक युवक विराटनगरमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ मा २५० किलो गाँजासहित उनी पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गएराति करिब ११ बजेतिर धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवश राईलाई पक्राउ गरिएको हो । केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको भ्यानमा राखिएको उक्त परिमाणको गाँजासहि...
झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापा । झापाको दमकमा प्रतिबन्धित लागूऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । लागूऔषधिको कारोबार भइरहेको भन्ने सूचना पाएर पुगेको प्रहरी टोलीले उनीहरुलाई दमक नगरपालिका–२ मा पक्राउ गरेको थियो । राति करिब १० बजे प्रहरीको टोली निगरानीका लागि त्यस क्षेत्रमा पुगेको थियो । प्रहरीले दमक–२ का ४३ वर्षीय नेत्र थापा, २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक–५ का २६ वर्षीय प्रकाश लिम्बूलाई पक्रा...
बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

विराटनगर । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा भइरहेको वन फँडानीको विरोधमा आह्वान गरिएको बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मेची राजमार्गमा बिहानैदेखि सवारी साधन चल्न नसक्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन् । बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ । पाथीभरा क्षेत्रमा केबुलकार बनाउने तयारीस्वरुप जंगल फँडानी गरिए...
धुलोभित्र निसास्सिएको विराटनगरको एउटा बस्ती (फोटो फिचर)

धुलोभित्र निसास्सिएको विराटनगरको एउटा बस्ती (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ र ५ स्थित गणेश चोकदेखि केसलिया खोलासम्मको करिब ३ किलोमिटर हुलाकी सडक कहिले बनिसक्ला यकिन भन्न सकिँदैन । लामो समयदेखि कछुवाको गतिमा निर्माण भइरहेको उक्त सडक छेउछाउका स्थानिय धुलोका कारण आजित भइसकेका छन् । दैनिक ठूलासाना सवारीसाधनको चाप भइरहने यो सडकमा उड्ने धुलोले व्यापार–व्यवसायमा समेत समस्या निम्त्याएको छ । बर्षामा हिलाम्य र अन्य समयमा धुलाम्य हु...
कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

विराटनगर । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही क्षेत्रमा आज पानी पर्ने सम्भावना छ । केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्...
२०८१ जेठ २ गते बुधबार/आजको राशिफल

२०८१ जेठ २ गते बुधबार/आजको राशिफल

२०८१ जेठ ०२ गते बुधबार ई.सं.२०२४ मे १५ नेपाल सम्वत् ११४४ बछलाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल अष्टमी, चन्द्रमा कर्कट राशिमा अश्लेशा नक्षत्र, वृद्धि योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१४ बजे, सूर्यास्त साँझ ०६ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको ...
मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा ‘कानूनको व्यावहारिक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । मोरङका ६, झापाका ५ र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । स्नातक तहका विद्यार्थीले छनौट भएका स्थानीय तहमा गएर ल...
डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

विराटनगर । विराटनगर महानगरपालिकाले केही दिनअघि माछामासु पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुहिएको मासु भेटियो । उक्त मासु अनुगमनको टोलीले जफत गरी नष्ट गर्यो । यो एउटा प्रतिनिधि घटनामात्र हो । नियमित र प्रभावकारी अनुगमन नहुँदा महानगरबासीले स्वस्थकर माछामासु बिरलै मात्र खान पाउँछन् भन्ने यो घटनाले पुष्टि गर्छ । महानगरमा मापदण्डविपरीत सञ्चालित धेरै माछामासु पसल छन् । मापदण्ड पूरा गरेर सञ्च...
धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका सामान भेटियो

धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका सामान भेटियो

धनकुटा । धनकुटा नगरपालिका–६ र ७ वडाका किराना पसल तथा हार्डवेयर पसलहरुमा अनुगमन गरी ४७ हजार रुपैयाँभन्दा बढीको सामान जफत गरिएको छ । आज मंगलबार बजार क्षेत्रमा रहेका आधा दर्जनभन्दा पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजारमा म्याद गुज्रेका खाद्य सामान पाइएको थियो । त्यस्तै, बढी मूल्य लिएको गुनासोका आधारमा धनकुटा बजारमा रहेका केही किराना पसल, डिलर, ग्यास डिलर, हार्डवेयर पसलहरुको अनुगमन गरिएक...
‘कोशी प्रदेशको विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याऊ’

‘कोशी प्रदेशको विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याऊ’

विराटनगर । कोशी प्रदेशको बजेटको तयारी तथा सुझाव संकलन सम्बन्धमा आज बसेको प्रदेश सभाको अर्थ समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका तर्फबाट राय सुझाव प्रस्तुत गरिएको छ । महासंघले कोशी प्रदेशका लागि आर्थिक विकासको खम्बा कृषि तथा पशुपालन, उद्योग तथा व्यापार, पर्यटन, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रहरु नै मुख्य रहेको ध्यानाकर्षण गराएको छ । आर्थिक क्षेत्रमा कोशी प्रदेश अरु प्र...
पटना र कटिहार क्वाटरफाइलनमा

पटना र कटिहार क्वाटरफाइलनमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा दोस्रो खेलमा भारत कटिहारको टिमले सिरहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो । सिरहाले दिएको १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । कटिहारको जितको लागि अंकित सिंहले बिस्फोटक ब्याटिङ गरे । उनले ४३ बलमा अर्धशतक कटाउँदै अविजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका हिर्काए । उनी खे...
मोरङमा प्रहरीको गोलीले लागूऔषध कारोबारी घाइते

मोरङमा प्रहरीको गोलीले लागूऔषध कारोबारी घाइते

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–६ मा प्रहरीले लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । त्यस क्रममा प्रहरीले लागूऔषध कारोबारी भारतीय नागरिक भागीरथ हरिजनलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले हरिजनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । उनको साथबाट १३८ ग्राम खैरो हेरोइन बरामद भएको जनाइ...
‘युवा रोजगार वृद्धिका लागि ध्यान दिनुपर्छ’

‘युवा रोजगार वृद्धिका लागि ध्यान दिनुपर्छ’

विराटनगर । युवा रोजगार अभिवृद्धि तथा प्रवर्द्धनका लागि निजी क्षेत्र र सरोकारवाला निकायबीच अन्तरक्रिया सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको नमुना रोजगार सेवा केन्द्रको आयोजनामा भएको अन्तरक्रियामा सहभागीहरुले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा जोड दिए । विकास निर्माणका कार्यलाई तीव्र रुपमा अगाडि बढाएमा थुप्रै रोजगारी सिर्जना हुने उनीहरुको भनाइ थियो । महानगरपालिकाले रोजगारीको खोजीमा रहेका युव...
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ । यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको थियो । मुद्दाको सुनुवाइका लागि वैशाख २३ गते पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको थियो । उक्त दिन हेर्न नमिल्नेमा परेपछि आजका लागि पेशी तोकिएको हो । अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथम...
error: Content is protected !!