अध्ययन: ७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिक
लण्डन, ९ फागुन । उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराईमा पाइने माछाका प्रजातीका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदुषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको छ । यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो ।
उक्त समुद्रमा पाइने माछाका अधिकांश (७३ प्रतिशत) माछाको पेटमा साना साना प्लाष्टिकका टुक्रा भेटिएको हालै सार्व...






























