मिनीट्रकको ठक्करबाट एकको मृत्यु

मिनीट्रकको ठक्करबाट एकको मृत्यु

नुवाकोट, १ माघ।  मिनीट्रकको ठक्करबाट बेलकोटगढी नगरपालिका–१० का यमबहादुर पाण्डेको आज मृत्यु भएको छ । घर नजिकै सडक छेउमा हिडिरहेका ६० वर्षीय पाण्डेलाई बा.४ ख ८०३० नंं को मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।
देवघाटस्थित त्रिशूलीमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

देवघाटस्थित त्रिशूलीमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

रत्ननगर, चितवन, १ माघ।  चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन रत्ननगर नगरपालिका–३ का ७८ वर्षीय पदमनाथ अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । बिहान करिब १०ः३० बजे नुहाउने क्रममा अचानक ढुङ्गाबाट चिप्लिएर अधिकारी त्रिशूल...
४० हल गोरु जुधाइः बझाङी राजालाई श्रद्धाञ्जलि

४० हल गोरु जुधाइः बझाङी राजालाई श्रद्धाञ्जलि

नुवाकोट, १ माघ।  माघे संक्रान्ति पर्वका अवसरमा आज स्थानीय तारुका, वेत्रवाती र पञ्चकन्यामा चालीस हल गोरु जुधाइएको छ । हरेक वर्ष किसानले पालेका गोरु प्रतिस्पर्धाअन्तर्गतको ‘गोरु जुधाई प्रतियोगिता’लाई यस वर्ष पनि निरन्तरता दिइएको हो । हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ । ...
लेगुवामा मकर मेलाको रमझम (फोटो फिचरसहित)

लेगुवामा मकर मेलाको रमझम (फोटो फिचरसहित)

धनकुटा, १ माघ । लेगुवाको राम बजार स्थित अरुण नदी किनारमा पनि आज मकर मेला लागेको छ । अरुण नदीमा बिहानै देखि मकर नुहाउँनेको भीड लागेको स्थानीय ब्यवसायी तेज प्रसाद पौडेलले संगालोखबरलाई जानकारी दिएका छन् । प्रत्येक वर्ष माघे संक्रान्तिको दिन उक्त स्थानमा मेला लाग्दै आएको छ । तस्वीरहरु हेर्नुहोस्... तस्वीरहरु : तेज प्रसाद पौडेल
मिठो सपना बोकेर गएका म्याग्देली युवाको विदेशमा बिजोग

मिठो सपना बोकेर गएका म्याग्देली युवाको विदेशमा बिजोग

बाबियाचौर, म्याग्दी, १ माघ । म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् । राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा परेर यूरोप हिँडेका केहीले गन्तब्यमा नपुग्दै ज्यान गुमाएका छन् । यस्तैम...
पर्वतको महभिर खोलामा क्यानोनिङ शुरु

पर्वतको महभिर खोलामा क्यानोनिङ शुरु

फलेवास, पर्वत, १ माघ ।  साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर खोलामा शुरु भएको छ । जिल्लाकै मनोरम खोला र बाह्रैमास एकै किसिमले सञ्चालन हुने उक्त खोलामा क्यानोनिङ सञ्चालन गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाल...
धनकुटाका विभिन्न स्थानमा मकर मेलाको रौनक

धनकुटाका विभिन्न स्थानमा मकर मेलाको रौनक

धनकुटा, १ माघ । मकर संक्रान्तिको अवसरमा आज धनकुटाका विभिन्न स्थानमा विशेष मेला लागेको छ । भीरगाउँको मधुगंगा, बाघे खोला स्थित धर्मगंगा, लेगुवाको राम बजार स्थित अरुण नदी किनार लगायत स्थानमा मेला लागेको छ । मुलघाटस्थित तमोर नदीमा मकर स्नान गर्नेको बिहानैदेखि घुईचो छ । नदीमा स्नान गरेर विश्रान्ति मन्दिरमा पूजा गर्ने चलन रहेको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए । य...
कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा

कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा

पोखरा, १ माघ। कास्कीमा एक वर्षको अवधिमा ६५ हजार नागरिकले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बीमा दर्ता प्रक्रिया शुरु गरेकामा पुस मसान्तसम्ममा १२ हजार ६९५ परिवार बीमामा आबद्ध भएका छन् । बीमा दर्ता गरेबापत समितिले रु तीन करोड ७० लाख संकलन गरेको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । सो अवधिमा बीमा दर्त...
सिस्नु हानाहान गरी मागी मनाउँदै

सिस्नु हानाहान गरी मागी मनाउँदै

जाजरकोट, १ माघ।   यहाँको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाउन शुरु भएको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ । मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन् । आजको दिन सिस्नुले नहान...
गोदावरी धाममा भक्तजनको भीड

गोदावरी धाममा भक्तजनको भीड

धनगढी, १ माघ ।  कैलालीको पवित्र तीर्थस्थल गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा स्नान गर्ने र पूजा गर्ने भक्तजनको आज भीड लागेको छ । हरेक बर्ष मकर सङ्क्रान्तिका दिन गोदावरी धाममा लाग्ने मेलामा स्नान गर्ने र पूजा गर्न भक्तजनको भीड लाग्ने गर्छ । मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मकर सङ्क्रान्तिको अवसरमा गोदावरीमा ब...
वन कार्यालयमा चौध मुद्दा दर्ता

वन कार्यालयमा चौध मुद्दा दर्ता

काठमाडौँ, १ माघ ।  जिल्ला वन कार्यालय काठमाडौँमा यस वर्ष वन्यजन्तु तथा जडीबुटी ओसारपसारसम्बन्धी १४ मुद्दा दर्ता भएका छन् । देशका विभिन्न भागबाट चोरी गरी बिक्री वितरणका लागि काठमाडौँमा ल्याउँदा पक्राउ परेका आखेटोपहार र जडीबुटीका १४ मुद्दा दायर भएका हुन् । जिल्ला वन कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौँ आखेटोपहारको हव भएकाले यस क्षेत्रमा धेरै वन्यजन्तुका अवशेष र जडीबुटी पक्राउ...
बाढी पीडितका लागि ४९९ टहरा निर्माण

बाढी पीडितका लागि ४९९ टहरा निर्माण

पथरी, मोरङ, १ माघ।  साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४९९ अस्थायी टहरा निर्माण गरिएको छ । झापाको क्याम्पमा १३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १५०, इटहरीमा ७१ घरटहरा निर्माण गरिएको साहारा सहकारी संस्थाका प्रमुख घनश्याम अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार...
कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

सप्तरी, १ माघ।  हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ । आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ । उक्त नदीमा सुनसरी र सप्तरी जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ र शहरका वृद्धवृद्धा, बालबालिका तथा महिलाको सप्तकोशी नदीमा नुहाउनका लागि भीड लागे...
मेलम्चीमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता मंगलबारदेखि

मेलम्चीमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता मंगलबारदेखि

मेलम्ची, १ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा फुटबल आयोजना गरिएको हो । मेलम्ची युवा क्लबको आयोजनमा हुन लागेको उक्त प्रतियोगितामा देशभरबाट इच्छुक फुटबल टोलीले सहभागिता जनाउने कार्यक्रम संयोजक सुरेन श्रेष्ठले बताउनुभयो । ...
अपांगता भएकालाई सिलिपिङ ब्याग वितरण

अपांगता भएकालाई सिलिपिङ ब्याग वितरण

राजविराज, १ माघ ।  सप्तरीसहित पूर्वी तराईमा करिब दुई सातायता बढेको शीतलहर र जाडोका कारण प्रभावित भएको भन्दै स्थानीय प्रशासनले आइतबार अपांगता भएकालाई राहत वितरण गरेको छ । राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा जिल्लाको विभिन्न ठाउँबाट आएको ११५ जना अपांगता भएका व्यक्तिलाई एक सेटका दरले सिलिपिङ ब्याग वितरण गरेको प्रशासकीय अधिकृत रोहित भट्टराईले जानकारी दिनुभयो । जसमध्ये १०५ जना अपांग र १० जन...
अध्यक्ष ओलीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

अध्यक्ष ओलीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौँ, १ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण थारु समुदायका दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । माघ १ गते मनाइने माघी पर्व थारु समुदायमात्रको नभई आम नेपालीको विशेष पर्व हो भन्दै शुभकामना सन्देशमा अध्यक्ष ओलीले माघे सङ्क्रान्ति पर्वका रुपमा यसलाई सबै समुदायले कुनै न कुनै रुपले सम...
सीमा क्षेत्रबाट अपहरणमा परेका बालकको सकुशल उद्धार

सीमा क्षेत्रबाट अपहरणमा परेका बालकको सकुशल उद्धार

नवलपरासी, १ माघ ।  नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सीमा क्षेत्र भारत उत्तर प्रदेश ठुठीबारीबाट अपहरणमा परेका सात वर्षीय बालक आयुसलाई नेपालसँग सीमा जोडिएको विहार राज्यको वाल्म...
धनकुटा महोत्सव तथा प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी एवं ब्यापार मेला हुँने

धनकुटा महोत्सव तथा प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी एवं ब्यापार मेला हुँने

धनकुटा, १ माघ । धनकुटामा माघ अन्तिमदेखि धनकुटा महोत्सव तथा १ नम्बर प्रदेश स्तरीय औधोगिक प्रदर्शनी तथा ब्यापार मेला हुँने भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा माघ २९ देखि फागुन १० गतेसम्म महोत्सव तथा औधोगिक प्रदर्शनी तथा ब्यापार मेला गर्ने निर्णय भएको हो । महोत्सवका लागि उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको संयोजकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै १४ वटा उप–समि...
कनकाई नदीमा मकर स्नान गर्नेको घुइँचो

कनकाई नदीमा मकर स्नान गर्नेको घुइँचो

बनियानी, झापा, १ माघ।   झापाको कनकाई नदीमा मकर स्नान गर्न ठूलो संख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । झापाका साथै मोरङ, सुनसरी, इलाम, सिरहा, सप्तरीलगायत भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन मकर स्नानका लागि यहाँ आएका छन् । सौर्यमानको हिसाबले माघ महिना शुरु हुने पहिलो दिनलाई माघे सङ्क्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिएको छ । माघ १...
नेता पौडेलद्वारा मकर संक्रान्तिको शुभकामना

नेता पौडेलद्वारा मकर संक्रान्तिको शुभकामना

काठमाडौँ, १ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मकर संक्रान्ति तथा माघी पर्व २०७४ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गरी स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । नेपाल विविध जाति, भाषा, संस्कृति, परम्परा र चाडपर्व रहेको ...
इटहरीमा बालबालिकालाई शैक्षिक सामग्री प्रदान

इटहरीमा बालबालिकालाई शैक्षिक सामग्री प्रदान

इटहरी, १ माघ। उद्योग वाणिज्य संघ इटहरीको सक्रियतामा आइतबार इटहरी उपमहानगरपालिका–४ मा सञ्चालनमा रहेको कविर माध्यमिक विद्यालयमा अध्ययनरत गरिब परिवारका बालबालिकालाई विद्यालयको झोलासँगै आवश्यक शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ । उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टको पहलमा पदाधिकारीको एक टोलीले सो विद्यालयमा गई विभिन्न कक्षामा अध्ययनरत ७१ बालबालिकालाई झोला र अन्य शैक्षिक सामग्र...
आज थारु समुदायको नयाँबर्ष माघी पर्व

आज थारु समुदायको नयाँबर्ष माघी पर्व

काठमाडौँ, १ माघ।  थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षे...
प्रधानमन्त्रीद्वारा माघे संक्रान्ति तथा माघी पर्वको शुभकामना

प्रधानमन्त्रीद्वारा माघे संक्रान्ति तथा माघी पर्वको शुभकामना

काठमाडौँ, १ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज एक शुभकामना सन्देशमार्फत यस पर्वले सम्पूर्ण नेपालीबीचमा कायम रहेको सद्भाव, सहिष्णुता र एकतालाई अझ प्रगाढ बनाउँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । स...
राष्ट्रपति र उपराष्ट्रपतिबाट माघे संक्रान्ति/माघीको शुभकामना

राष्ट्रपति र उपराष्ट्रपतिबाट माघे संक्रान्ति/माघीको शुभकामना

काठमाडौँ, १ माघ ।  राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ÷आफ्नै राष्ट्रिय महत्व रह...
आज माघे (मकर) सङ्क्रान्ति

आज माघे (मकर) सङ्क्रान्ति

काठमाडौँ, १ माघ।  सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती...
२०७४ माघ १ गते सोमबारको राशिफल

२०७४ माघ १ गते सोमबारको राशिफल

वि.सं. २०७४ साल माघ १ गते। सोमबार। इश्वी सन् २०१८ जनवरी १५ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– चतुर्दशी, २९:१४ बजेउप्रान्त औंसी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि...
सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या २८ पुग्यो

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या २८ पुग्यो

राजविराज, ३० पुस। पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आज थप एक महिलाको मृत्यु भएको छ । स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा कठयाङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । योसँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ भन...
जीतपुरमा वसन्त पञ्चमी मेला लाग्ने

जीतपुरमा वसन्त पञ्चमी मेला लाग्ने

धनकुटा, ३० पुस । महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा बसन्त पञ्चमी मेला लाग्ने भएको छ । वसन्त पञ्चमीको अवसर पारेर जीतपुर बजार ब्यवस्थापन समिति र गाउँ खेलकुद विकास समितिले माघ ६ देखि ८ गतेसम्म तीन दिने मेला आयोजना गरेको हो । मेलामा साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, कृषि मेला प्रदर्शनी, भलिवल प्रतियोगिता लगायत हुने कार्यक्रम संयोजक कुसुम तुम्वाले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार मेलाको...
पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

काठमाडौँ, ३० पुस।  नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बंगलादेशमा सम्पन्न ‘मुभमेन्टस् इन एसिया आर कमिङ् टुगेदर इन ढाका’ बैठकमा सहभागी भई आज स्वदेश फर्कनु भएको छ । उहाँ बंगलादेश वर्कर पार्टीको निमन्त्रणामा विशिष्ट अतिथिका रुपमा सहभागी हुन यही पुस २७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । नवउदारवाद तथा विश्वव्यापीकरणको एसिया क्षेत्रमा बढ्दै गएको प्रभाव, जीवन रक्षाका लाग...
ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

जितपुर, कपिलवस्तु ३० पुस।  ट्र्याक्टरको ठक्करबाट आज साँझ यहाँ एक बालकको मृत्यु भएको छ । महाराजगन्जबाट बनगाई जाँदै गरेको भे १ त ६९७७ नं को ट्र्याक्टरले महाराजगन्ज नगरपालिका–११ बडेगाउँ स्थित डुमरा–महाराजगन्ज सडकखण्ड नजिकै स्थानीय जगदीश यादवको सात वर्षीय छोरा महेन्द्रलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक जगजीवन यादवले जानकारी दिनुभयो । ...
सुदूरपश्चिमलाई पराजित गर्दै एपिएफ फाईनलमा

सुदूरपश्चिमलाई पराजित गर्दै एपिएफ फाईनलमा

धनगढी, ३० पुस । आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो । एपिएफका लागि अन्जन विष्ट र नवीन लामाले गोल गरेका थिए । लामा आजको खेलका ‘म्यान आफ दि म्याच’ घोषित भए । सोमबार हुने फाइनल ...
error: Content is protected !!