शुक्रबार, मंसिर २९, २०७४
आवधिक निर्वाचन लोकतन्त्रको गहना हो । सबै लोकतान्त्रिक राष्ट्रहरूमा प्रत्येक चार वा पाँच वर्षमा निर्वाचन हुनै पर्छ । जनताका प्रतिनिधिहरूले शासनको बागडोर सम्हाल्ने चलन लोकतन्त्रमा रहिआएको छ । सिक्ने, सिकाउने र प्रयोगमा ल्याउने निरन्तर प्रक्रिया हो । लोकतान्त्रिक अभ्यासमा हामी सानै छौं । विश्वका केही मुलुकहरूमा सयौं वर्षअघि लोकतान्त्रिक अभ्यास सुरू भएको पाइन्छ हाम्रो देशमा केही दशक अघिदेखि मात्र लो...