एमाले महाधिवेशन : राति ८ बजेपछि मतदान सुरु हुने
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । दिउँसो २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म मतदान भएको छैन ।
विद्युतीय मेसिनमा उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले इन्ट्री गराउन समय लागेपछि मतदानमा ढिलाइ भएको जनाइएको छ । मेसिनमा उम्मेदवारहरूको फोटो र नाम सँगसँगै इन्ट्री गर्नुपर्ने भएकाले समय लागेको हो । अब छिटो गरी सुरु गर्दा पनि साँझ ८ बज...



























