
धनकुटा । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमै चुनाव हुनुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीले शनिबार धनकुटामा आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
लोकतन्त्रको रक्षाका लागि पनि तोकिएको मितिमै चुनाव हुनुपर्ने उनको तर्क छ ।

चुनावको विकल्प नभएको भन्दै नेता नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै लागिपर्नुपर्ने धारणा राखे । फरक प्रसङ्गमा उनले देशको विकासका लागि धेरैवटा दलहरू मिलाएर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताए ।

नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न १८ वटा दल मिलाएर नेपाली कम्युनिष्ट पार्टी बनाइएको हो । सोही एकताको सन्देश दिन सभा आयोजना गरिएको हो । सभाअघि धनकुटा बजारमा जुलुस प्रदर्शन गरिएको थियो ।

संगालोखबर 















