एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पालाई आज फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो । अदालतले कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको थियो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ...
छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा सवार गाडीले ठक्कर दिँदा दुई निस्कासन गरिएका कर्मचारी घाइते भएका छन् । नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति घोर आपत्ति जनाएको छ । कात्तिक १७ गते सोमबार निस्कासनमा परेका कर्मचारीहरूले भेटवार्ताका लागि अध्यक्षसँग समय मागी कार्यालय परिसरमा जम्मा भएका थिए । तर अध्यक्ष सुब्बाले उनीहरूलाई भेट्ने समय...
जनार्दन शर्माले माओवादी छाडेर घोषणा गरे प्रगतिशील अभियान नेपाल

जनार्दन शर्माले माओवादी छाडेर घोषणा गरे प्रगतिशील अभियान नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका जनार्दन शर्माले प्रगतिशील अभियान नेपालको घोषणा गरेका छन् । माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेपछि विभाजित भएको हो । पार्टीका पूर्वउपमहासचिव शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै शर्माले प्रगतिशील अभियान, ...
झापामा एमालेको मोटरसाइकल र्‍याली

झापामा एमालेको मोटरसाइकल र्‍याली

झापा । झापामा नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ । एमाले अर्जुनधारा नगर कमिटीले आज वृहत मोटरसाइकल र्‍याली निकालेको हो । बिर्तामोडको महानन्द चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली नारायणथान, खुदुनाबारी हुँदै बजारका विभिन्न स्थानको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरूले आगामी राजनीतिक तथा सामाजिक अभियानमा युवाको नेतृत्व र सहभागिता आवश्यकता रहेकोमा जोड दिएका थिए । ने...
हर्क साम्पाङको पार्टीले पायो मान्यता

हर्क साम्पाङको पार्टीले पायो मान्यता

काठमाडौं । निर्वाचन आयोगले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टी दर्ता गरेको छ । आइतबार आयोगमा पुगेर साम्पाङले पार्टीको दर्ता प्रमाणपत्र लिएका छन् । आयोगमा २ सय ४ नम्बरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-४ मा रहने प्रमाणपत्रमा उल्लेख छ । आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश विकासका लागि श्रमको परिचालन गर्ने ...
बन्द अवधिको यातायात जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

बन्द अवधिको यातायात जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले बन्द अवधिको यातायात जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । आज बसको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका कारण यातायात व्यवस्था कार्यालयहरू बन्द रहँदा म्याद गुज्रिएका सवारीसाधनका कागजातहरूको जरिवाना मिनाहा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार कार्यालय बन्द रहँदा जरिवाना लाग्ने अवधि शून्य मानेर सेवाग्र...
विद्युत प्राधिकरण र निजी क्षेत्रको समस्या वार्तामार्फत टुंग्याउन मुख्यमन्त्रीको आग्रह

विद्युत प्राधिकरण र निजी क्षेत्रको समस्या वार्तामार्फत टुंग्याउन मुख्यमन्त्रीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रमा देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेको उल्लेख गर्दै वार्ता र संवाद मार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन् । उद्योग बन्द हुँदा अर्थतन्त्रमा मात्र होइन रोजगारीमा समेत असर परेको मुख्यमन्त्र...
नेकपा एसको केन्द्रीय सदस्यमा कोशीका २० जना मनोनित

नेकपा एसको केन्द्रीय सदस्यमा कोशीका २० जना मनोनित

विराटनगर । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट २० सहित ७५ जना मनोनित भएका छन् । काठमाडौंमा बुधबार भएको केन्द्रीय कमिटी बैठकले ७५ जनालाई केन्द्रीय कमिटीमा थप गरिएको जानकारी दिएको हो । थप भएका केन्द्रीय सदस्यमध्ये मोरङबाट सात जना छन् । कोशीका पूर्वमन्त्रीसमेत रहेका उपेन्द्र घिमिरेसहित अमृतकुमार सुब्बा, इन्द्र सुब्बा, गीता थापा, चन्द्रकला सुब्बा, मीरा दाहाल र लक्ष्मीकुमार श्रे...
देउवा दम्पती आज सिंगापुर जाँदै

देउवा दम्पती आज सिंगापुर जाँदै

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा आज सिंगापुर जाने भएका छन् । आज राति १० बजे सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती उपचारका लागि सिंगापुर जाने भएका हुन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए । कुटपिटबाट घाइते भएका उनीहरूले छाउनीस्थित सैनिक अस्पतालमा करिब एक महिना उप...
छठ नेपाली समाजको साझा पहिचान, सहअस्तित्व र सहिष्णुताको प्रतीक हो : मुख्यमन्त्री कार्की

छठ नेपाली समाजको साझा पहिचान, सहअस्तित्व र सहिष्णुताको प्रतीक हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सूर्य भगवानप्रति आस्था, आत्मानुशासन र समर्पणको पर्व छठको पावन अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले छठ पर्व नेपाली समाजको साझा पहिचान, सहअस्तित्व र सहिष्णुताको प्रतीक भएको उल्लेख गर्दै यो पर्वले सबैलाई एकतामा बाँध्ने प्रेरणा दिन्छ भन्ने विश्वास व्यक्त गरेका छन् । ‘छठ पर्वले प्...
धरानका मेयर हर्क साङपाङले दल दर्ताका लागि आयोग पुगेर गरे सनाखत

धरानका मेयर हर्क साङपाङले दल दर्ताका लागि आयोग पुगेर गरे सनाखत

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि सनाखत गरेका छन् । साङपाङले आज बिहान आयोगमा पुगेर दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् । यसअघि श्रम संस्कृति पार्टी दर्ताका लागि आयोगमा निवेदन पेश भएकोमा आयोगले सनाखत गर्न बोलाएपछि साङपाङ पुगेका हुन् । आयोजक अनुसार उक्त पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यले दल दर्ता प्रक्रियाका लागि सनाखत ग...
पूर्णबहादुर खड्कालाई काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी

पूर्णबहादुर खड्कालाई काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् । आज पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको हो । सभापति देउवाले सम्बोधन गरिसकेपछि आजको बैठक सकिएको छ । अब पर्सि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खड्काले गर्नेछन् । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक भ...
प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा पर्यो रिट

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा पर्यो रिट

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध सर्वाेच्च अदालतमा रिट परेको छ । आज बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट परेको अदालतले जनाएको छ । अदालतका अनुसार सरकार असंवैधानिक रहेको भनेर एउटा र प्रतिनिधि सभा विघटनविरूद्ध दुइटा रिट परेको छ । रिट अध्ययनकै क्रममा रहेकाले अध्ययनपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढ्ने जनाइएको छ । जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार...
हर्क साम्पाङकाे पार्टीको झण्डा नहुने, यस्ता छन् दुई कारण

हर्क साम्पाङकाे पार्टीको झण्डा नहुने, यस्ता छन् दुई कारण

विराटनगर । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आफ्नाे पार्टीकाे झण्डा नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै साम्पाङले दुई कारणले पार्टीको झण्डा नराख्ने उल्लेख गरेका छन् । गरिबले नाङ्गाे आङ ढाक्न नसकेकाे बेला कराेडाैंकाे कपडा च्यातेर झण्डा बनाउन नहुने उनकाे भनाइ छ । `आफ्नाे पार्टीकाे झण्डा बाेक्न थाले देशकाे राष्ट्रिय झण्डाकाे माया नलाग्दाे रहेछ । त्यसैले हाम्राे पार्टीका...
धरानका मेयर हर्क साम्पाङले दल दर्ताका लागि दिए निवेदन

धरानका मेयर हर्क साम्पाङले दल दर्ताका लागि दिए निवेदन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । उनले ‘श्रम संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोग श्रोतका अनुसार पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको छ । उनले आफैँ अध्यक्ष रहने गरी दल दर्ताका लागि निवेदन दिएको जनाइएको छ ।
कहिल्यै भ्रष्टाचार नगरेका व्यक्तिलाई अरुको पापको बोझ थुपार्नु अन्याय हो : सुनिल शर्मा

कहिल्यै भ्रष्टाचार नगरेका व्यक्तिलाई अरुको पापको बोझ थुपार्नु अन्याय हो : सुनिल शर्मा

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता डा. सुनिल शर्माले कहिल्यै भ्रष्टाचार नगरेको व्यक्तिलाई अरुको पाप थुपार्नु अन्याय भएको बताएका छन् । काँग्रेसको महासमिति सदस्य समेत रहेका नेता शर्माले दशैँको शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । डा. शर्माले आफ्नो पार्टीभित्र देखिएका कमजोरीहरूलाई स्वीकार गर्दै केही इमानदार नेताहरू भ्रष्टाचार नगरेको अवस्थामा पनि दोषारोपणको सिकार भएको गुनासो गरेका छन्...
गोली हान्ने आदेश मैले दिन मिल्दैन, बानेश्वर घटनामा मेरो हात छैन: ओली

गोली हान्ने आदेश मैले दिन मिल्दैन, बानेश्वर घटनामा मेरो हात छैन: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते बानेश्वरमा भएको घटनामा आफ्नो हात नभएको बताएका छन् । शनिवार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पनि ओलीले माग गरेका छन् । आफूले २३ गते साँझ नै सो घटना कसरी भयो भनेर छानबिन गर्न आयोग बनाउन भनेको उनले स्मरण गरे । वर्...
अर्थमन्त्री खनाल साधारण यात्रुहरू जस्तै विमानस्थलबाट बाहिरिए

अर्थमन्त्री खनाल साधारण यात्रुहरू जस्तै विमानस्थलबाट बाहिरिए

विराटनगर । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल बुधबार विराटनगर आए । विमानस्थलबाट अन्य यात्रु सरह नै उनी बाहिरिए । विमानस्थलबाट बाहिरिँदा र विमानस्थलमा प्रवेश गर्दा भीआईपी कक्षको प्रयोग नगरी खनाल साधारण यात्रु सरह नै लाइनमा लागेका हुन् । उनी विमानस्थलबाट बाहिरिएपछि विभिन्न कार्यक्रममा जानका लागि साधारण निजी गाडीको प्रयोग गरे । उनको स्वागतका लागि विमानस्थलमा भीडभा...
यस्ता छन् शिक्षामन्त्री पुनका तीन निर्णय 

यस्ता छन् शिक्षामन्त्री पुनका तीन निर्णय 

विराटनगर । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले पदभार ग्रहण गरेको भोलिपल्ट शिक्षा क्षेत्रमा तत्काल प्रभाव पार्ने तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन् । मन्त्री पुनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू कम्प्युटर शिक्षा बाट बञ्चित नहुन भन्ने उद्देश्यले देशभरका विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्ने घोषणा गरेका छन् । साथै विश्वविद्यालयलाई ३ महिना...
मधेश सरकारबाट बाहिरियो काँग्रेस

मधेश सरकारबाट बाहिरियो काँग्रेस

जनकपुर ।  नेपाली काँग्रेस मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आज जनकपुरमा बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको हो । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए । तर फेरि कुरा फेरेपछि जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्री सहित दुई मन्त्रीलाई फिर्ता र समर्थन फिर्ता...
राजनीतिक दल र नेताहरू आत्मसमीक्षा गर्दै नसुध्रिए पुनः ठूलो जनविद्रोह हुन्छ : नेता शर्मा

राजनीतिक दल र नेताहरू आत्मसमीक्षा गर्दै नसुध्रिए पुनः ठूलो जनविद्रोह हुन्छ : नेता शर्मा

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता डा. सुनिलकुमार शर्माले राजनीतिक नेतृत्व र दलहरूमाथि गम्भीर प्रश्न उठाएका छन् । महासमिति सदस्य समेत रहेका नेता शर्माले सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै राजनीतिक दल र नेताहरूले आफ्ना कमीकमजोरी सुधार गर्नुपर्ने उल्लेख गरेका हुन् । उनले समयमै राजनीतिक दल तथा नेताहरूले आफ्ना गल्ती र राजनीतिक अपराधको आत्मसमीक्षा नगरे पुनः अर्को ठूलो जनविद्रोह हुने धारण...
अन्तरिम सरकारका थप चार मन्त्रीले लिए सपथ

अन्तरिम सरकारका थप चार मन्त्रीले लिए सपथ

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त थप चार मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई सपथ गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रव...
थप पाँच मन्त्रीको शपथ आज

थप पाँच मन्त्रीको शपथ आज

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि सिफारिस गरेका पाँच मन्त्रीको आज सपथ हुनेछ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको पाँच मन्त्रीको सपथ हुने भएको हो । प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सङ्गीता कौशल मिश्रा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्...
धनकुटामा एमालेको जनप्रदर्शन

धनकुटामा एमालेको जनप्रदर्शन

धनकुटा । धनकुटामा नेकपा एमालेले संविधान रक्षाका लागि भन्दै जनप्रदर्शन गरेको छ । लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको अवसर पारेर आज जिल्ला कमिटीले जनप्रदर्शन गरेको हो । ‘संविधानको रक्षा गरौँ, प्रतिगमन हुनबाट जोगाऔं, लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ, प्राप्त उपलब्धिहरूको संरक्षण गरौँ’ लगायतका नारा लगाउँदै जनप्रर्दशन गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिका गतिविधिले गण...
संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै एक ढिक्का हुनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेका हुन् । मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो...
आन्दोलनपछि कोशी मन्त्रिपरिषद्को पहिलो बैठक, के भयो निर्णय ?

आन्दोलनपछि कोशी मन्त्रिपरिषद्को पहिलो बैठक, के भयो निर्णय ?

विराटनगर । जेनजी आन्दोलनपछि कोशी प्रदेश सरकारको पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको छ । आज बसेको बैठकले पाँच लाख रुपैयाँसम्मका सबै योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । यस्तै प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परिवारलाई एक लाख रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए । आन्दोलनका कारण भएक...
पार्टी नेतृत्वमा भएको कमीकमजोरी सच्याउन आवश्यक छ : मुख्यमन्त्री कार्की

पार्टी नेतृत्वमा भएको कमीकमजोरी सच्याउन आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भदौ २४ गतेको आन्दोलन जेनजीको नभएर स्वार्थ समूहको भएको बताएका छन् । नेकपा एमाले विराटनगर महानगर कमिटीले आज विराटनगरमा आयोजना गरेको महानगर भेला कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गर्दै जेनजीको भ्रष्ट...
बाह्य शक्तिको चलखेलमा सरकार गठन भयो : नेपाल कम्युनिस्ट पार्टी

बाह्य शक्तिको चलखेलमा सरकार गठन भयो : नेपाल कम्युनिस्ट पार्टी

धनकुटा । वर्तमान सरकारमा बाह्य शक्तिको हस्तक्षेप र चलखेल भएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आरोप लगाएको छ । बुधबार धनकुटामा  पत्रकार सम्मेलन गर्दै सुशीला कार्की नेतृत्वको वर्तमान सरकार विदेशी हस्तक्षेपको उपज भएको धारणा राखेको हो । जेनजी आन्दोलनको आडमा बनेको सरकारले मुलुकको समस्या र युवाको आकाङ्क्षा सम्बोधन गर्न नसक्ने विप्लव नेतृत्वको पार्टीले जनाएको छ । नेपाल क...
जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएका छन् । नेकपा एमाले मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालको इतिहासमा अकल्पनीय र दुःखद घटना भएको बताउँदै यसको न्यायिक छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् । उन...
असोज १ गते शोक दिवस मनाउने निर्णय

असोज १ गते शोक दिवस मनाउने निर्णय

काठमाडौं । सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको हो । सो अवसरमा सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई सहिद घोषणा गरिएको छ । यस्तै ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्य...
जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्मानमा शोक दिवस मनाउने निर्णय

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्मानमा शोक दिवस मनाउने निर्णय

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयले निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गर्दै शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् । शोक दिवस मनाउने दिनको टुङ्गो मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताए । आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने उ...
error: Content is protected !!