
विराटनगर । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता भट्टराईले फागुन २१ मै निर्वाचन हुनुपर्ने बताएका हुन् ।
तोकिएको मितिमा निर्वाचन गर्नुको विकल्प नरहेको बताउँदै उनले अब पछि हट्ने ठाउँ नभएको उल्लेख गरे । उनले एकैपटक सम्भव नभएका चरणवद्ध रूपमा चुनाव गर्न सकिने बताए ।
संक्रमणकाल लामो हुँदा लोकतन्त्रविरुद्ध षड्यन्त्र हुन सक्ने सक्ने तर्क गर्दै उनले संसदीय प्रक्रियालाई जीवित राख्न निर्वाचन नै एकमात्र निकास भएको उल्लेख गरे । उनले चुनावमा उम्मेदवार बन्ने वर्तमान मन्त्रीहरूले तत्काल पद छाड्नुपर्ने धारण व्यक्त गरे ।

संगालोखबर 
















