निःसन्तानपनाको सेवा र प्रविधिबारे सेवाग्राही अनभिज्ञ

निःसन्तानपनाको सेवा र प्रविधिबारे सेवाग्राही अनभिज्ञ

विराटनगर । ओरेक नेपाल विराटनगरले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र निःसन्तानको सवाल विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ । आज पत्रकार महासंघ मोरङको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा ओरेकले नेपालमा बाँझोपनको समस्या बढ्दो रहेको तथ्याङक सार्वजनिक गरेको छ । नेपालमा बाँझोपनसम्बन्धी यकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रूपमा रहेको ओरेक नेपाल विराटनगर प्रमुख सरस्वती दनुवारल...
झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापा । झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित एक महिला पक्राउ परेकी छन् । भारतको उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । बुद्ध एयरको उडानबाट काठमाडौं जान लागेकी उनले झोलामा लुकाएर राखेको अवस्थामा दुई किलो ५ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । चाँदीको दुई वटा डल्लो फेला परेको हो । उनको साथबाट भारतीय रुपैयाँ २८ हजार ५ सय पनि बरामद भएको छ...
चिर्पट प्रहारले मोरङको सुकुना क्याम्पसका स्ववियु सभापति घाइते

चिर्पट प्रहारले मोरङको सुकुना क्याम्पसका स्ववियु सभापति घाइते

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति सन्तोष लिम्बू चिर्पट प्रहारबाट घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको विराटनगरस्थित न्युरो आर्या अस्पतालमा उपचार भइरहेको छ । क्याम्पसको गेटनजिकै उनीमाथि हिजो बेलुका चिर्पट प्रहार भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बूमाथि सोही क्याम्पसका अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स...
भीमनारायण गोल्डकपको उपाधि हात पार्न एपीएफ र झापा आमनेसामने हुँदै

भीमनारायण गोल्डकपको उपाधि हात पार्न एपीएफ र झापा आमनेसामने हुँदै

धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपको उपाधि पाउने टिमको आज टुंगो लाग्दैछ । उपाधि हात पार्न फाइनल खेलमा दुई बलिया टिम भिड्दैछन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो २ बजे हुने खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब आमनेसामने हुनेछन् । झापाले हिजो अन्तिम सेमिफाइनल खेलमा आयोजक धनकुटालाई ० का विरुद्ध ३ गोल अन्तरले निराश पार्दै फाइनल यात्रा तय गरेको ह...
सकियो एक महिने कुम्भ मेला, ४० लाख सहभागी

सकियो एक महिने कुम्भ मेला, ४० लाख सहभागी

विराटनगर । सुनसरीको चतराधाममा एक महिनाअघि सुरु भएको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समापन भएको छ । विधिवत रुपमा पूजा एवं स्नान गरी मेलाको हिजो समापन गरिएको हो । हिन्दु समुदायका लागि विशेष महत्वको मानिने यो मेला गत चैत २७ गते सुरु भएको थियो । यो अवधिमा ४० लाखभन्दा बढी श्रद्धालु भक्तजनले मेलामा सहभागिता जनाएको आयोजकले दाबी गरेका छन् । आयोजक समितिका उपाध्यक्ष किसन थापाका अनुसार मेलाका क्र...
इलाम र सूर्योदय नगर सेमिफाइनलमा

इलाम र सूर्योदय नगर सेमिफाइनलमा

इलाम । इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई अध्यक्षकप आमन्त्रण अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इलामले माङसेबुङ गाउँपालिकालाई ४–१ गोल अन्तर र सूर्योदय नगरपालिकाले माई नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको हो । तेश्रो क्वाटरफाइनल खेलको दोश्रो हाफ सम्हालिन नसक्दा माङसेबुङले अन्तिम ४ मा स्थान सुरक्षित गर्न सकेन । पहिलो हा...
कोशी प्रदेश सरकारविरुद्धको रिटमा जेठ ९ गते अर्को सुनुवाइ

कोशी प्रदेश सरकारविरुद्धको रिटमा जेठ ९ गते अर्को सुनुवाइ

विराटनगर । कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध परेको रिट निवेदनमाथि सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले जेठ ९ गते अर्को सुनुवाइको मिति तोकेको छ । फुयालको इजलासले ५ बुँदे आदेश जारी गरेको छ । इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन भनेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाउने निर्णय असंवैधानिक भएको भन्दै हिजो बिहीब...
आयोजकलाई निराश पार्दै झापा भीमनारायण गोल्डकपको फाइनलमा

आयोजकलाई निराश पार्दै झापा भीमनारायण गोल्डकपको फाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ जारी शहीद भीमनारायण गोल्डकप फुटबलको उपाधिनजिक पुग्न सफल भएको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक धनकुटालाई ३–० गोलले निराश पार्दै झापा फाइनलमा पुगेको हो । आज विजयी हुँदै बिर्तामोड युनाइटेडले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफसँग फाइनलमा भेट पक्का गरेको छ । बिर्तामोड युनाइटेडले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । बिर्तामोडका जर्सी नम्...
कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ३१ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । नवगठित कोशी प्रदेश सरकारको सिफारिसमा उनले आज अधिवेशन आह्वान गरेका हुन् । हिजो बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । मुख्यमन्त्री कार्की तथा नवनियुक्त मन्त्रीहरु राम राना र गणेश उप्रेतीले प...
मोरङको लेटाङस्थित सुधार केन्द्रबाट ७ जना फरार

मोरङको लेटाङस्थित सुधार केन्द्रबाट ७ जना फरार

विराटनगर । उत्तरी मोरङको लेटाङस्थित सुधार केन्द्रबाट आज बिहान ७ जना सम्पर्कविहीन बनेका छन् । लेटाङ नगरपालिका–९ जाँतेमा रहेको उज्यालो जीवन प्रतिष्ठान नेपाल सुधार केन्द्रबाट उनीहरु भागेको जनाइएको छ । उक्त संस्था दुर्व्यसनीहरुलाई राखेर बाली सुधार्ने अभियानका लागि सञ्चालित छ । केन्द्रबाट भाग्नेहरुमा लेटाङ–५ का पालदेन तामाङ, दिलसन तामाङ, लेटाङ–६ का अनिल गौतम, लेटाङ–८ का विशाल कार्की, मदन कार्की, मोर...
धनकुटाका चारजना धरानमा ३३५ किलो गाँजासहित पक्राउ

धनकुटाका चारजना धरानमा ३३५ किलो गाँजासहित पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–२० बिष्णुपादुकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित प्रहरीले धनकुटाका चार जनालाई पक्राउ गरेको छ । गाँजाको ओसारपसार भइरहेको भन्ने सूचना पाएको इलाका प्रहरी कार्यालय धरानको टोलीले आज बिहान गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । निगरानीका क्रममा को १ ज १८२१ नम्बरको गाडीलाई रोकेर जाँच गर्दा लुकाएर राखेको अवस्थामा ३३५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । ग...
कमला–राजबहादुर गुठीद्वारा चार पुरस्कार घोषणा

कमला–राजबहादुर गुठीद्वारा चार पुरस्कार घोषणा

विराटनगर । सामाजिक क्षेत्रमा क्रियाशील कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीले यस वर्षको चारवटा पुरस्कार घोषणा गरेको छ । गुठीको कार्यसमितिले विभिन्न विधामा दिइने पुरस्कारको घोषणा गरेको हो । कार्यसमितिका सचिव खगेन्द्र लामिछानेका अनुसार २५ हजार राशिको कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार साहित्यकार प्रमोद प्रधानलाई दिइने भएको छ । यस्तै, १५ हजार राशिको कमला–राजबहादुर कुँवर खेलकुद पुरस्कार क्रिके...
कोशी सरकार गठनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ

कोशी सरकार गठनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ

विराटनगर । नयाँ सरकार गठनलाई असंवैधानिक भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । कार्कीका तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले हिजो सर्वोच्नामा रिट दर्ता गराएकी थिइन् । नयाँ सरकार गठनविरुद्ध दायर भएको उक्त रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश ...
रक क्लाइम्बिङ अभ्यासका क्रममा खोटाङमा युवकको मृत्यु

रक क्लाइम्बिङ अभ्यासका क्रममा खोटाङमा युवकको मृत्यु

विराटनगर । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा हिजो साँझ रक क्लाइम्बिङ गर्ने क्रममा स्थानीय ३५ वर्षीय सुचन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सिकिस्त घाइते भएका उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । करिब ३२ मिटर उचाइको मझुवाभी...
हिन्दु समुदायमा आज अक्षय तृतीया पर्व मनाइँदै

हिन्दु समुदायमा आज अक्षय तृतीया पर्व मनाइँदै

विराटनगर । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू समुदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । यस अवसरमा विष्णु र लक्ष्मीको पूजा गरी सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको हो । यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । आजकै दिन शिव...
कोशीका केही क्षेत्रमा आज वर्षा हुने, हावाहुरीको पनि सम्भावना

कोशीका केही क्षेत्रमा आज वर्षा हुने, हावाहुरीको पनि सम्भावना

विराटनगर । नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन भइरहेको छ । त्यसको प्रभावले आज देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका कतिपय स्थानमा आज चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी र...
भीमनारायण गोल्डकपको फाइनलमा पुग्न झापा र आयोजक भिड्दै

भीमनारायण गोल्डकपको फाइनलमा पुग्न झापा र आयोजक भिड्दै

धनकुटा । धनकुटामा जारी १६औँ संस्करण शहीद भीमनारायण गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज हुँदैछ । आज हुने खेलमा फाइनलमा पुग्ने लक्ष्यसाथ झापाको बिर्तामोड युनाइटेड क्लब र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानको टिम मैदानमा उत्रँदै छन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि दुई टिम आमनेसामने हुनेछन् । आजको खेलको विजेताले भोलि विभागीय टिम एपीएफसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसैले पनि आ...
कोशी प्रदेशसभाको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउने तयारी

कोशी प्रदेशसभाको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउने तयारी

विराटनगर । कोशी प्रदेश सरकारले बैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की र मन्त्रीहरुले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णयअनुसार बैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष अनुरोध गरिने जनाइएको छ । बैठकले कोशी प्रदेश सरका...
कसरी गर्दैछ विराटनगर महानगरपालिका ट्राफिक व्यवस्थापन ?

कसरी गर्दैछ विराटनगर महानगरपालिका ट्राफिक व्यवस्थापन ?

विराटनगर । कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगर महानगर बजारमा ट्राफिक व्यवस्थापनका लागि महानगरले फेरि पहल सुरु गरेको छ । ट्राफिकसँगै सिटीसफारी, फुटपाथलगायतको व्यवस्थापनका लागि महानगरले पहल सुरु गरेको हो । सरोकारवाला सबैको सहयोगमा विराटनगरको ट्राफिक व्यवस्थापनका लागि फेरि पहल सुरु गरिएको मेयर नागेश कोइरालाले बताएका छन् । यसका लागि आयोजित भेलामा सहभागीहरुले ट्राफिक व्यवस्थापनका विभिन्न सुझाव ...
इलामको जमुनामा पिकअप दुर्घटना हुँदा युवकको मृत्यु

इलामको जमुनामा पिकअप दुर्घटना हुँदा युवकको मृत्यु

विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–५, जमुनामा भएको पिकअप दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । जमुना कच्ची सडकमा प्र–१–०३–००१ च ००६९ नम्बरको पिकअप गएराति दुर्घटना हुँदा इलाम नगरपालिका–५, बरबोटका २३ वर्षे तोया घिमिरे सिकिस्त घाइते भएका थिए । प्रहरीका अनुसार उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । मेची राजमार्गमा पर्ने बिब्ल्याँटे भन्ने...
हिक्मतकुमार कार्की: विद्यार्थी राजनीतिदेखि तेस्रो पटक मुख्यमन्त्रीसम्म

हिक्मतकुमार कार्की: विद्यार्थी राजनीतिदेखि तेस्रो पटक मुख्यमन्त्रीसम्म

विराटनगर । झापा क्षेत्र नम्बर ५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित हिक्मतकुमार कार्की कोशी प्रदेशको तेस्रो पटक मुख्यमन्त्री बन्न सफल भएका छन् । आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट नियुक्त उनले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरिसकेका छन् । यसअघि पनि दुई पटक मुख्यमन्त्री बनेका कार्कीले सत्ता राजनीतिमा देखिएको फेरबदल र दलीय गठबन्धन परिवर्तनका कारण पूरा अवधि काम गर्न भने पाएनन् । आज मुख्यमन्त्रीको...
मुख्यमन्त्री कार्कीले लिए शपथ, उप्रेती र राना मन्त्री नियुक्त

मुख्यमन्त्री कार्कीले लिए शपथ, उप्रेती र राना मन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गराएका हुन् । आफूले शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री नियुक्त गरेका छन् । माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगरलाई उनले मन्त्री नियुक्त गरेका हुन् । उनीहरुका लागि हाल मन्त्रालय तोकिएको छैन । दुवै मन्त...
विभागीय टिम एपीएफ भीमनारायण गोल्डकपको फाइनलमा

विभागीय टिम एपीएफ भीमनारायण गोल्डकपको फाइनलमा

धनकुटा । धनकुटामा जारी भीमनारायण गोल्डकपको आजको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ फाइनल प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लव सुनसरीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधिनजिक पुगेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको मध्यान्तरपछि आक्रामक...
मोरङको जहदामा ठूलो परिमाणमा गाँजा बरामद

मोरङको जहदामा ठूलो परिमाणमा गाँजा बरामद

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ हाथीबन्दा भन्ने स्थानमा प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरेको छ । आज बिहान प्रहरीले उक्त स्थानमा २१८ किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खोजी गर्दै पुगेको प्रहरी टोलीले मकैबारीमा गहुँको भुसमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको जनाइएको छ । १० वटा बोरामा हालेर राखिएको अवस्थामा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर ...
धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी र कृषि मेला हुने

धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी र कृषि मेला हुने

धनकुटा । धनकुटामा आगामी जेठ ९ गतेदेखि १३ गतेसम्म ‘प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल–२०८१’ हुने भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी गराएको हो । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा मेला हुन लागेको हो । मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्यो...
निवर्तमान मुख्यमन्त्री कार्कीद्वारा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्चमा रिट

निवर्तमान मुख्यमन्त्री कार्कीद्वारा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्चमा रिट

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया असंवैधानिक भएको दावी गर्दै परेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले उक्त रिट दायर गरेका हुन् । केन्द्रमा राजनीतिक गठबन्धन फेरिएसँगै प्रदेश सरकार परिवर्तन हुने अवस्था आएको थियो । एमाले र माओवादीले कार्कीलाई दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठन गर्ने पहलस्वरुप प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित ग...
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारको तेस्रो पटक नेतृत्व गर्ने अवसर पाएका छन् । उनलाई आज प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले एमाले र माओवादी केन्द्रका समेत गरी प्रदेशसभाका ५२ जना सदस्यहरुको समर्थनसहित आजै मुख्यमन्त्रीमा दावी प्रस्तुत गरेका थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। उनको सम...
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दावी पेश

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दावी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री बन्नका लागि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गरेका छन् । एमाले र माओवादी केन्द्रका सहित गरी ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उनले आज दावी पेश गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दावी पेश गरेका छन् । प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ ५ बज...
विपदबाट क्षति भएका घर बनाउन सरकारले अनुदान दिने

विपदबाट क्षति भएका घर बनाउन सरकारले अनुदान दिने

विराटनगर । विभिन्न खालका विपदबाट क्षति भएका नागरिकको घर पुनःनिर्माणका लागि सरकारले राहत अनुदान दिने भएको छ । भूकम्प, आगलागी र मनसुनजन्य विपदबाट क्षति भएकाहरुलाई मात्रै अनुदान दिने व्यवस्था रहेकामा अबदेखि अरु खालका विपदमा क्षति भएकालाई पनि अनुदान दिइने भएको हो । यसका लागि सरकारले सबै प्रकारका विपदबाट हुने आवासको क्षतिमा घर पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जनाइएको छ । उपप्रधा...
भीमनारायण गोल्डकपः पहिलो सेमिफाइनलमा भिड्दै सुनसरी र एपीएफ

भीमनारायण गोल्डकपः पहिलो सेमिफाइनलमा भिड्दै सुनसरी र एपीएफ

धनकुटा । धनकुटामा जारी १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लब सुनसरी र सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं भिड्दै छन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि यी दुई टिम प्रतिस्पर्धामा उत्रने छन् । मोरङको फोरस्टार युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफ सेमिफाइनलसम्म आइपुगेको हो । त्यस्तै, बुटबल लुम्बिनी फुटबल क्लब बुटबललाई ...
मुख्यमन्त्रीका लागि दावी पेश गर्दै एमाले संसदीय दलका नेता कार्की

मुख्यमन्त्रीका लागि दावी पेश गर्दै एमाले संसदीय दलका नेता कार्की

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गर्ने तयारी गरेका छन् । उनले एमाले र माओवादी केन्द्रका सहित गरी ५२ जना सांसदको समर्थनमा दावी पेश गर्ने तयारी गरेका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार गएराति नयाँ सरकार गठनको आह्वान गरेका थिए । त्यसअनुसार आजै कार्कीले दावी पेश गर्ने उनीनिकट स्रोतले जनाएको छ । यसअघि दुई पट...
error: Content is protected !!