तालिम गरिरहेका सशस्त्र प्रहरी जवानको मृत्यु

तालिम गरिरहेका सशस्त्र प्रहरी जवानको मृत्यु

धनगढी । कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका सशस्त्र प्रशिक्षार्थी जवान महेश महताको मृत्यु भएको हो । बडिमालिका जवान तालिम शिक्षालयका अनुसार आइतबार राति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछी महतालाई उपचारका लागि सशस्त्रको फिल्ड हस्पिटल अत्तरिया लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै अत...
सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबा...
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएकोप्रति नोबेल अस्पतालद्वारा खेद प्रकट

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएकोप्रति नोबेल अस्पतालद्वारा खेद प्रकट

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले चिकित्सक तथा नर्सिङ कर्मचारीमाथि बिरामीका आफन्तले अभद्र व्यवहार गरेको भन्दै घटनाप्रति खेद प्रकट गरेको छ । वैशाख १८ गते साँझ नोवेल अस्पतालमा डिउटीमा रहेका स्वास्थ्यकर्मीहरूलाई गालीगलौज गरिएको र उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा फैलाएर चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै अस्पताल प्रशासनले आज विज्ञप्ति जारी गरेर खेद प्रकट गरेको हो । उपचारका क्र...
विश्व प्रेस स्वतन्त्रता दिवसमा मोरङका तीन अग्रज पत्रकार सम्मानित

विश्व प्रेस स्वतन्त्रता दिवसमा मोरङका तीन अग्रज पत्रकार सम्मानित

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा तीन जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । महासंघले पत्रकारहरू केदार चौहान, केदार रिजाल र ज्योति शर्मालाई सम्मान गरेको हो । उनीहरूलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष शुशिला पाठक लगायतले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान ...
अब रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण हुनैपर्ने

अब रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण हुनैपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बन्न पार्टीले तोकेको आन्तरिक परीक्षा र प्रशिक्षण अनिवार्य उत्तीर्ण गर्नुपर्ने मापदण्ड तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि नयाँ र कडा मापदण्ड तय गरेको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार उम्मेदवार हुन चाहने पार्टी सदस्यले अब अनिवार्य रूपमा ‘क्यान्ड...
डिजिटल सदस्यता प्रणाली लागू गर्दै एमाले, नवीकरण नगरे जिम्मेवारीबाट स्वतः मुक्त

डिजिटल सदस्यता प्रणाली लागू गर्दै एमाले, नवीकरण नगरे जिम्मेवारीबाट स्वतः मुक्त

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी डेमो बैठकमा यसबारे छलफल भएको हो । पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा संगठन विभागले प्रस्तुत गरेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन मोडलबारे विस्तृत छल...
विराटनगरका महिलाहरूलाई स्वस्थ्य स्न्याक्स बनाउने तालिम 

विराटनगरका महिलाहरूलाई स्वस्थ्य स्न्याक्स बनाउने तालिम 

विराटनगर । विराटनगरका महिलाहरूलाई स्वस्थ स्न्याक्स बनाउने तालिम दिइएको छ । उद्योग संगठन मोरङ महिला उद्यम समितिको आयोजना तथा एस्पायर कलेजको समन्वयमा स्वास्थ्य मैत्री र बजारमुखी खाजा बनाउने व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको हो । २ दिन सञ्चालन भएको तालिममा महिलाहरूलाई स्वस्थ स्न्याक्स बनाउने तरिका सिकाइएको छ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले मानिसहरूमा स्वास्थ्य प्रतिको सचेतना अभ...
डेरी उद्योगमा स्थापित धनकुटाका राजु, ७ जनालाई प्रत्यक्ष रोजगारी

डेरी उद्योगमा स्थापित धनकुटाका राजु, ७ जनालाई प्रत्यक्ष रोजगारी

धनकुटा । धनकुटा नगरपालिका-२ भिरगाउँका राजु घिमिरे एक दशकदेखि डेरी उद्योग सञ्चालन गरिरहेका छन् । डेरी उद्योगबाट राम्रो आम्दानी गरिरहेका घिमिरेले स्थानीयलाई रोजगारी पनि दिएका छन् । डेरीमा उत्पादन हुने दुग्धजन्य उत्पादनको माग बढेसँगै आम्दानी पनि बढेको छ । उनले भिरगाउँमा डेरी उद्योग सञ्चालन गरको दशवर्ष बढी भयो । हिले बजारमा पनि उनले ३ वर्षदेखि डेरी उद्योग सञ्चालन गरिरहेका छन् । सिंहदेवी डेरी उद्योग...
भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु गरेको छ । दाबी गरिएका सुकुमवासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भएनभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको हो । मन्त्रालयका अनुसार विभिन्न नीतिनियम र विधिका साथै विद्युतीय माध्यमबाट पारदर्शी, प्रभावकारी र मितव्ययी रूपमा परीक्...
खोटाङमा भिरबाट लडेर दुई जनाको मृत्यु

खोटाङमा भिरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका-५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनकुमार राईको भिरबाट लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार दिउँसो उनीहरू घाँस दाउरा लिन गएका थिए ।  सोही बेला खुकुरी भिरबाट खसेको र त्यसलाई खोज्ने क्रममा चिप्लिएर करिब ३ सय मिटर तल खस्दा उनीहरूको मृत्यु भएको प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँ कायम भएको छ । शुक्रबार च...
विराटनगर विमानस्थलबाट २७ लाख रुपैयाँसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट २७ लाख रुपैयाँसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर विमानस्थलबाट दुई जना पक्राउ परेका छन । काठमाडौं जान लागेका दुई जना यात्रु स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । मोरङ प्रहरीका डीएसपी कोपिला चुडालका अनुसार नियमित जाँचका क्रममा शनिबार दिउँसो करिब ३ः३५ बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो । श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका भारतको माल्दा जिल्ला सुजागञ्ज घर भएका ३६ वर्षीय मोहिदिल अलीलाई नियन्त्रण...
श्रमिक दिवसमा विराटनगर रन

श्रमिक दिवसमा विराटनगर रन

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार विराटनगर रन २.० म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजना तथा नोबेल क्यान्सर अस्पतालको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले म्याराथनको शुभारम्भ गरेका छन् । नोबेल अस्पतालबाट सुरु भएको म्याराथन सहिद रंगशालामा पुगेर समापन भएको लियो...
विराटनगर जुटमिलको जग्गामा बसोबास गर्नेलाई तत्काल हटाउन लागिएको हो ?

विराटनगर जुटमिलको जग्गामा बसोबास गर्नेलाई तत्काल हटाउन लागिएको हो ?

विराटनगर । विराटनगर जुटमिलको जग्गामा अनधिकृत रूपमा बसोबास गरिरहेका व्यक्ति तथा भाडा नतिरी व्यापार गरिरहेकालाई हटाउने विषयले हलचल पैदा गरेको छ । जुटमिल सञ्चालक समितिले जग्गा खाली गराउन प्रशासनलाई पत्राचार गरेपछि वर्षौँदेखि जुटमिलको जग्गामा बसिरहेका स्थानीय त्रसित भएका छन् । हप्तादिनभित्र हटाउने हल्लाबीच स्थानीयमा त्रास पैदा भएको हो । मोरङ प्रशासनले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका...
बैंक तथा वित्तीय संस्थाको धितो रोक्का र फुकुवा अब अनलाइन प्रणालीबाट

बैंक तथा वित्तीय संस्थाको धितो रोक्का र फुकुवा अब अनलाइन प्रणालीबाट

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का र फुकुवाको कार्यलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने निर्णय गरेको छ । विभागले एक सूचना जारी गर्दै आगामी जेठ १ गतेदेखि सबै प्रकारका बैंक तथा वित्तीय संस्थाहरूका लागि यो व्यवस्था अनिवार्य गरिएको जानकारी दिएको हो । नेपाल सरकारको शासकीय सुधारको कार्यसूचीअनुसार सेवालाई छिटो, छरितो र बिचौलियामुक्त बनाउ...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा एक सय ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार नौ सय ४५ रुपै...
विराटनगरमा महिला नेतृत्व सम्मेलन हुने

विराटनगरमा महिला नेतृत्व सम्मेलन हुने

विराटनगर । विराटनगरमा यही वैशाख २१ गते महिला नेतृत्व सम्मेलन आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासँग सहकार्य गरेर नेपाल उद्योग परिसंघ केन्द्र र कोशी प्रदेश समितिले संयुक्त रुपमा सम्मेलन गर्न लागेका हुन् । आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी भइरहेको जानकारी दिएको छ । सीएनआई वमन लिडरसिप फोरम काठमाडौं र सीएनआई कोशी प्रदेशको म...
मोरङमा पत्रकारलाई ज्यान मार्ने धम्की, पत्रकार महासङ्घद्वारा कारबाहीको माग

मोरङमा पत्रकारलाई ज्यान मार्ने धम्की, पत्रकार महासङ्घद्वारा कारबाहीको माग

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा खोला उत्खननको समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वैशाख १५ गते ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको उत्खनन कार्यको समाचार संकलनका लागि पत्रकारहरू पुगेका थिए । सो क्रममा पत्रकारहरू डुमरलाल मेहता, मोहन ढकाल, सन्तोष मेहता, नगेन्द्र खड्का, प्रवेश...
झापामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते

झापामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते

झापा । झापाको कचनकवल गाउँपालिका-३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र १-०१-००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो । दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र १-०१-०१३ प ३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भई बस पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी...
ग्रामथानको लोहन्द्रा खोला र आसपासको जग्गामा मापदण्डविपरीत उत्खनन

ग्रामथानको लोहन्द्रा खोला र आसपासको जग्गामा मापदण्डविपरीत उत्खनन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको अवैध उत्खनन रोक्न स्थानीयले माग गरेका छन् । मापदण्ड विपरीत उत्खनन हुँदा बस्तीलाई खतरा हुने भन्दै उनीहरूले यस्तो कार्य तत्काल रोक्नुपर्ने बताएका हुन् । यस विषयमा सोमबार महालक्ष्मी समाज सेवा संस्था ग्रामथानले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (आईई) को खुले...
विराटनगरको ग्रिनल्याण्ड कलेजमा एक विद्यार्थी, एक सीप कार्यक्रम

विराटनगरको ग्रिनल्याण्ड कलेजमा एक विद्यार्थी, एक सीप कार्यक्रम

विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजले विद्यार्थीहरूलाई सीप विकास सम्बन्धी तालिम दिएको छ । कलेजले कक्षा १२ मा अध्ययनरत ३६० जना विद्यार्थीलाई विभिन्न १४ प्रकारका तालिम दिएको हो । वैशाख १२ देखि १६ गतेसम्म आयोजित तालिम समापन कार्यक्रममा विद्यार्थीहरूले सिकेको सीपको प्रदर्शनी गरेका छन् । कलेजले अघि सारेको एक विद्यार्थी एक सीप कार्यक्रम अन्तरगत पहिलो पटक तालिमको आयोजना गरिएको प्रिन्सिपल दिनेश दाह...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार सात सय रुपैयाँ कायम छ । बुधबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा एक सय पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार आठ सय १० रुपैयाँ ...
सुनसरीमा हावाहुरीले रूख ढाल्दा किचिएर दुई जना घाइते

सुनसरीमा हावाहुरीले रूख ढाल्दा किचिएर दुई जना घाइते

सुनसरी । सुनसरीमा हावाहुरीले रूख ढाल्दा किचिएर दुई जना घाइते भएका छन् । घाइते हुनेमा भोक्राहा नरसिंह गाउँपालिका-५ का ५५ वर्षीय गुमसागर मण्डल र बराहक्षेत्र नगरपालिका-१ की ५० वर्षीया फुलमाया मगर छन् । प्रहरीका अनुसार आज साँझ आएको हावाहुरीले घर नजिकको रूख ढाल्दा उनीहरु किचिएर घाइते भएका हुन् । उनीहरूको अवस्था सामान्य छ । हावाहुरीका कारण इनरुवाको जल्पापुर र भोक्राहा क्षेत्रको चिरौली चोकमा विद्युतक...
समाचार संकलनमा पुगेका पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघ मोरङद्वारा भर्त्सना

समाचार संकलनमा पुगेका पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघ मोरङद्वारा भर्त्सना

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको उत्खननको समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि ज्यान मार्ने धम्की र दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वैशाख १५ गते समाचार संकलनका लागि पुगेका पत्रकारहरूमाथि ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको ...
ग्रामथानका अध्यक्षसहितले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

ग्रामथानका अध्यक्षसहितले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

विराटनगर । जथाभावी उत्खनन गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको धम्की दिएको घटनाविरुद्ध प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघका कोशी प्रदेश र मोरङ शाखाका प्रतिनिधिसहितको टोलीले आज जिल्ला प्रशासन कार्यालय, मोरङमा ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको सुरक्षाका विषयमा गम्भीरतापूर्वक ध्...
मोरङको बेलबारीबाट १७ वर्षबढी कैद सजाय तोकिएका दाजुभाइ पक्राउ

मोरङको बेलबारीबाट १७ वर्षबढी कैद सजाय तोकिएका दाजुभाइ पक्राउ

विराटनगर । मोरङको बेलबारीबाट दाजुभाइ पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएको लामो समयसम्म फरार रहेका दाजुभाइ मंगलबार साँझ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका-५ का ५७ वर्षीय धनपाल भगत थारू र उनका दाजु भूपाल भगत थारू छन् । उनीहरूलाई जनही १७ वर्षभन्दा बढी कैद सजाय तोकिएको छ । मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार दुवै जना जबरजस्ती ...
बालेनले तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : हर्क साम्पाङ

बालेनले तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : हर्क साम्पाङ

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले तुरुन्त राजिनामा दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले प्रधानमन्त्री शाहले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् । ‘बालेनले तुरुन्त राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । न्यूनतम मानवता समेत देखिएन’, उनले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण...
तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुटवल । बुटवलमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बेलबासदेखि केहि माथि भ्यु प्वाइन्ट नजिकै ओरालो सडकमा अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा कपिलवस्तु बाणगंगा नगरपालिका-७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका-११ कालिका नगर रामपथकी १८ वर्षीया पूर्णिमा मगरको मृत्यु भएको हो । स्कुटर चालक बाणगंगा-७ बनगाईका सोमन श्रेष्...
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

विराटनगर । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । मन्त्रीस्तरको निर्णयअनुसार अन्तर प्रदेशस्तरीय यात्रुवाहक तथा ढुवानी सवारीमा ५ प्रतिशत भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका निर्देशक मणि भुसालका अनुसार मन्त्रीको निर्देशनमा नयाँ भाडादर लागू गरिएको हो । भाडा वृद्धि हुनुको मुख्य कारण डिजेलको मूल्यवृद्धि हो । यसअघि प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेको डिजेलको औसत म...
विराटनगर जुट मिल्सको जग्गामा अनधिकृत रूपमा बसोबास गर्नेलाई हटाइँदै

विराटनगर जुट मिल्सको जग्गामा अनधिकृत रूपमा बसोबास गर्नेलाई हटाइँदै

विराटनगर । विराटनगरस्थित जुट मिल्सको जग्गामा अनधिकृत रूपमा बसोबास गर्दै आएका व्यक्ति तथा भाडा नतिरी व्यापार गरिरहेका व्यापारीहरूलाई हटाइने भएको छ । आगामी एक साताभित्र त्यस्ता व्यक्ति तथा व्यापारीलाई हटाउने योजना बनाइएको हो । हटताली हाट, दक्षिण गेट र हरिनगरा भट्टा आसपासका क्षेत्रमा अवैध रूपमा बसोबास गर्दै आएका करिब ६ सय परिवार र सडक किनारमा भाडा नतिरी सञ्चालन भइरहेका झन्डै ३० वटा पसललाई खाली गरा...
धनकुटाको विश्रान्तिधाम गुरुकुललाई २ लाखको पुरस्कार प्रदान

धनकुटाको विश्रान्तिधाम गुरुकुललाई २ लाखको पुरस्कार प्रदान

विराटनगर । शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार–२०८३’ यस वर्ष धनकुटास्थित विश्रान्ति संस्कृत गुरुकुललाई प्रदान गरिएको छ । सुनसरीको इटहरीमा रहेको सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले धनकुटाको विश्रान्तिधाम मूलघाटमा आयोजित विशेष समारोहबीच गुरुकुललाई नगद २ ...
error: Content is protected !!