रबि लामिछानेको बयान सकियो, यस्तो छ बयान

रबि लामिछानेको बयान सकियो, यस्तो छ बयान

चितवन । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रदुरुत्साहन मुद्धा खेपिरहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको बयान सकिएको छ । बयानका क्रममा उनले पुडासैनीलाई आत्महत्या गर्ने सम्मको दुखः आफुले नदिएको र दिनुपर्ने कारण पनि नरहेको दावी गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले चितवन अदालतमा पेस गरेको लामिछानेको बयानमा सो कुरा उल्लेख छ । यस्तो छ बयान... ‘निजले मर्नुअघि बनाए...
धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ थाम्चुवामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । साँगुरीगढी–८ खुडीमा निर्माणाधिन तमोर करिडोर सडकका लागि ईटहरीबाट सिमेन्ट लिएर जाँदै गरेको कालिका कन्ट्रक्सनको लु.४ त.२६९९ नम्बरको ट्याक्टर भित्री सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ मैनाबारीका २६ बर्षीय राकेश चौधरीको मृत्यु भएको प्रहरीले जना...
सञ्चारकर्मी रवि लामिछानेको रिहाई माग गर्दै बृहत प्रदर्शन (भिडियोसहित)

सञ्चारकर्मी रवि लामिछानेको रिहाई माग गर्दै बृहत प्रदर्शन (भिडियोसहित)

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेका समर्थकले उनको रिहाई माग गर्दै आज राजधानीको माइतीघरमा बृहत प्रदर्शन गरेका छन् ।भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध नेपालका लागि नेपाली नामक समूहको अगुवाईमा सञ्चारकर्मी लामिछाने समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको संलग्नता नभएपनि फसाउन खोजिएको दाबी गरे । साउन २० गते चितवनको ए...
धनकुटामा सशस्त्र प्रहरीद्वारा रक्तदान कार्यक्रम

धनकुटामा सशस्त्र प्रहरीद्वारा रक्तदान कार्यक्रम

धनकुटा । सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिनको स्मरण गर्दै शुक्रबार धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल नं. ६ गुल्म हेडक्वाटर छिन्ताङले आयोजना गरेको कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् । रगतको अभावमा कसैले मृत्युवरण गर्न नपरोस् भन्ने उद्धेश्यले ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम’ गरिएको गुल्मपती डिएसपी सचिन कर्माचार्यले जानकारी दिए । नेपाल रेडक्रस सोसा...
मोरङको सुन्दरहरैंचामा ट्रक र एम्बुलेन्स जुध्यो, एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु, ६ घाईते

मोरङको सुन्दरहरैंचामा ट्रक र एम्बुलेन्स जुध्यो, एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु, ६ घाईते

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा गएराती ट्रक र एम्बुलेन्स ठक्कर खाँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाईते भएका छन् । राती करिव १ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे.१ च.२००३ नम्बरको एम्बुलेन्स र बिपरीत दिशाबाट आउँदै गरेको ना.५ ख.१९२५ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी एम्बुलेन्स चालक ईलाम नगरपालिका–२ का २१ बर्षीय ...
सोलुखुम्बु केन्द्रविन्दु भएर भूकम्पको धक्का

सोलुखुम्बु केन्द्रविन्दु भएर भूकम्पको धक्का

सोलुखुम्बु । सोलुखुम्बु केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको गोली आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान ०७ः०७ मा ४ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रका अनुसार, यो परकम्प नभएर नयाँ भूकम्प हो । यसअघि साउन २९ गते दोलखा केन्द्रविन्दु भएर ४.३ र २४ साउनमा म्याग्दी केन्द्रविन्दु भएर ४.७ रेक्टरको भूकम्प गएको थियो ।
धनकुटामा ससुराली जाँदा भीरबाट लडेर मृत्यु

धनकुटामा ससुराली जाँदा भीरबाट लडेर मृत्यु

सहिदभूमि । धनकुटाको सहिदभूमि गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सहिदभूमी–३ डाँडागाउँका ३८ बर्षीय अर्जुन राई छन् । सोमबार साँझ करिव साढे ५ बजे घरबाट स्थानीय टारबारी स्थित ससुराली घर जाँन भनेर हिडेका राई ससुराली नपुगेपछि खोजी गर्ने क्रममा आज बिहान कोङलाङ भीरमा उनको शव भेटिएको हो । भीरबाट करिव एक सय मिटर तल खसेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाको जानकार...
उदयपुरमा कुटपिट गरेर श्रीमतिको हत्या

उदयपुरमा कुटपिट गरेर श्रीमतिको हत्या

उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ का तिर्थ आले मगरले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन् । श्रीमानको कुटपिटबाट मृत्यु हुनेमा ३० बर्षीय मन्जु पुलामी मगर रहेको जिल्ला प्रहरी काार्यलय उदयपुरले जनाएको छ । सोमबार राति १० बजे घरायशी वादविवादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी मन्जुको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा सोमवार राति ११ बजे मृत्यु भएक...
जातिय विभेद गर्नेलाई नेकपा धनकुटाले कारबाही गर्ने

जातिय विभेद गर्नेलाई नेकपा धनकुटाले कारबाही गर्ने

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी धनकुटाको सचिवालय बैठकले पार्टीको कुनै पनि नेता, कार्यकर्ता, पार्टी सदस्यहरुबाट जातिय विभेद भएको पाइएमा पार्टी सदस्यबाट निष्कासन गर्ने जनाएको छ । पार्टी अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले विगत केही समय यता जिल्लाका विभिन्न क्षेत्रहरुमा जातिय विभेद तथा छुवाछुतको घटना भईरहेको भनि पार्टीमा जानकारी आएकोले यस्ता घृणित कार्य नगर्न पार...
महालक्ष्मी नगरलाई एम्बुलेन्स प्रदान

महालक्ष्मी नगरलाई एम्बुलेन्स प्रदान

धनकुटा । भारतीय राजदुतावासले धनकुटाको महालक्ष्मी नगरपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । ७३ औं स्वतन्त्रता दिवसको अवसर पारेर राजदुतावासले नगरपालिकालाई निःशुल्क एम्बुलेन्स प्रदान गरेको हो । काठमाण्डौंको लैनचौर स्थित राजदुतावासमा आयोजित कार्यक्रममा राजदुत रञ्जिभसिंह पुरीले महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाललाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । एम्बुलेन्स प्राप्त भएपछि अव महालक्ष्मी नगर...
डा. सुनिल शर्माद्वारा बेवारिसे बृद्धलाई सडकबाट उठाएर निःशुल्क उपचार (भिडियोसहित)

डा. सुनिल शर्माद्वारा बेवारिसे बृद्धलाई सडकबाट उठाएर निःशुल्क उपचार (भिडियोसहित)

बिराटनगर। बिराटनगरको उखर्माउलो गर्मीमा तातो सडक माथिको बसाई । रोगको व्यथा र बृद्ध अवस्थाका कारण उठ्नै नसक्दाको पीडाले करिव ७२ बर्षीय बेवारिसे बृद्धको दैनिकी निकै कष्टपूर्ण थियो । कसैले दया गरेर दिए खाने, नभए तातो सडकमा भोकभोकै तड्पिन बाध्य उनको साथमा न कोहि आफन्त छन्, न त सहयोगि नै थिए । बिराटनगरको व्यस्त सडकको रुपमा चिनिने कञ्चनबारीमा धेरै दिनदेखि अलपत्र अवस्थामा रहेका बेसहारा बृद्धको कष्टपूर्...
पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

काठमाडौं । पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ परेका छन् । न्यूज २४ का पत्रकारद्वयलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई पक्राउ गरेको हो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरे...
शालिकरामको सुसाईड भिडियो सार्वजनिक: ‘रबि लामिछानेसहित तीन जनाले मर्न बाध्य पारे’ (भिडियोसहित)

शालिकरामको सुसाईड भिडियो सार्वजनिक: ‘रबि लामिछानेसहित तीन जनाले मर्न बाध्य पारे’ (भिडियोसहित)

धनकुटा । पत्रकार शालिकराम पुडासैनीले आत्माहत्या गर्नुअघि बोलेको भिडियो सार्जजनिक भएको छ । भिडियोमा उनले चर्चित पत्रकार रबि लामिछानेसहित तीन जनाले आफुलाई मर्न बाध्य पारेको बताएका छन् । हेर्नुहोस् भिडियो...
सुनसरीमा श्रीमानको कुटाईबाट मृत्यु

सुनसरीमा श्रीमानको कुटाईबाट मृत्यु

सुनसरी । सुनसरीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । बर्जु गाउँपालिका–५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले कुटपिट गर्दा उनकी श्रीमती २३ बर्षीया श्रीमती अवनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार बिहान घरायशी बादबिबादका क्रममा प्रदिपले अवनदेवीलाई मरणासन्न हुँनेगरी कुटपिट गरेका थिए । कुटाईबाट गम्भीर घाईते भएकी यादवको उपचारका क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा मंगल...
साँगुरीगढीमा कांग्रेसले जनप्रतिनिधिलाई आरोप लगाएपछि नेकपाको आपत्ती

साँगुरीगढीमा कांग्रेसले जनप्रतिनिधिलाई आरोप लगाएपछि नेकपाको आपत्ती

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका सदस्य बालकृष्ण राईमाथि नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले लगाएको आरोपको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साँगुरीगढी गाउँपालिका कमिटीले विरोध जनाएको छ । साँगुरीगढी–६ नाम्जेस्थित जनजाति पार्क, सूर्योदय बुद्धविहार लगायत क्षेत्रमा जाने सडक भत्काएको विषयमा नाम्जेस्थित स्थानीयथुम्कीबासीले गरेको विरोधमा नेकपा साँगुरीगढी गाउँपालिका कमिटीका सदस्यसमेत रहेका राईको...
छातीमा गाडिएको भाटो सफलतापूर्वक निकालेर नोबेलले बचायो लक्ष्मीको ज्यान

छातीमा गाडिएको भाटो सफलतापूर्वक निकालेर नोबेलले बचायो लक्ष्मीको ज्यान

बिराटनगर। रुखबाट लड्दा छातीमा गाडिएर मुटुसम्म पुगेको बाँसको भाटो सफलतापूर्वक निकालेर नोबेल शिक्षण अस्पतालले एक बिरामीको ज्यान बचाएको छ । मोरङको पथरीशनिश्चरे–१ मुन्धुम चौककी ३८ बर्षीया लक्ष्मी पोख्रेलको छातीमा गाडिएको बाँसको भाटो नोबेलले शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालेको हो । आँप टिप्न रुखमा चढेका बेला हागो भाचिएर लड्दा उनी बाँसको चोकेमा परिन् । छातीमा गाडिएको बाँसको भाटो मुटुसम्म पु...
सुबिसुको कार्यालयमा भीषण आगलागी (फोटो फिचरसहित)

सुबिसुको कार्यालयमा भीषण आगलागी (फोटो फिचरसहित)

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा भीषण आगलागी भएको छ । बुधबार दिउँसो करिब १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ...
जिल्ला प्रशासन कार्यालय धनकुटाले संकलन गर्यो एक करोड १३ लाख राजश्व

जिल्ला प्रशासन कार्यालय धनकुटाले संकलन गर्यो एक करोड १३ लाख राजश्व

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले गत आर्थिक वर्ष २०७५/०७६ मा राहदानी वितरण वापत एक करोड १३ लाख ९० हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २ हजार ९६ जनाले राहदानी लिन कार्यालयमा निवेदन पेश गरेका थिए । त्यस मध्ये ५ सय ८७ महिला र एक हजार ४ सय ९७ पुरुष गरी २ हजार ८४ जनाले राहदानी लिए । बाँकी १२ जनाको राहदानी बनेर कार्यालयमा आईसकेको भएपनि उनीहरुले लिन वाँकी रहेको प्रशासकीय अधिकृत सुधिर सा...
धनकुटामा सशस्त्र प्रहरी प्रमुख फेरिए : डिएसपी श्रेष्ठको बिदाई, कर्माचार्यलाई स्वागत

धनकुटामा सशस्त्र प्रहरी प्रमुख फेरिए : डिएसपी श्रेष्ठको बिदाई, कर्माचार्यलाई स्वागत

धनकुटा । धनकुटामा सशस्त्र प्रहरी प्रमुख परिवर्तन भएका छन् । सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका प्रमुख डिएसपी बालकृष्ण श्रेष्ठको सरुवा भएर नयाँ डिएसपी सचिन कर्माचार्य आएका हुन् । धनकुटाबाट सुनसरी सरुवा भएका डिएसपी श्रेष्ठलाई बिभिन्न संघसस्थाले सम्मानसहित बिदाई गरेका छन् । धनकुटा आएका नयाँ डिएसपी कर्माचार्यलाई स्वागत गरिएको छ । यता, नेपाल प्रहरी तर्फ केहि दिन अघि जिल्ला प्रहरी प्रमुखको रुपमा सरु...
नोबेलले सफलतापूर्वक गर्यो पेनक्रियाज क्यान्सरको अप्रेशन (भिडियोसहित)

नोबेलले सफलतापूर्वक गर्यो पेनक्रियाज क्यान्सरको अप्रेशन (भिडियोसहित)

बिराटनगर । नोबेल शिक्षण अस्पतालले पेनक्रियाज ग्रन्थीमा भएको क्यान्सरको अप्रेशन सफलतापूर्वक गरेको छ । झापाको बिर्तामोड नगरपालिका–३ आदर्शनगरकी ६९ बर्षीया सरस्वता ढकालको पेनक्रियाज ग्रन्थी क्यान्सरको अप्रेशन सफलतापूर्वक गरिएको हो । आन्द्राको ठुलो भाग, पेनक्रियाज ग्रन्थी र पित्तको नली काटेर जोड्नुपर्ने हुँनाले यो अप्रेशन जटिल हुँने गरेको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले बताए । डा.यादवका अन...
धरानका सन्देश शाक्य १० दिनदेखि बेपत्ता, भोजपुरमा ‘लोकेसन’ देखिएपनि परेनन् फेला

धरानका सन्देश शाक्य १० दिनदेखि बेपत्ता, भोजपुरमा ‘लोकेसन’ देखिएपनि परेनन् फेला

धरान । धरान उपमहानगरपालिका–१० लोकपथका सन्देश शाक्य बेपत्ता भएका छन् । साउन ८ गतेदेखि घरबाट सम्पर्कबिहिन भएका २८ बर्षीय शाक्य १० दिन बितिसक्दासम्म पनि सम्पर्कमा छैनन् । बेपत्ता शाक्यको खोजिका लागि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् । उनको खोजी भईरहेको भएपनि अझै फेला नपरेको ईप्रका धरानका डिएस्पी ढुंडिराज न्यौपानेले बताए । ‘खोज्ने क्रममा भोजपुरको कट्टी डाँडामा सन्देशको...
जनकपुरमा जन्मियो अनौठो बच्चा : एउटा जिउमा दुई टाउको, चार आँखा र चार कान

जनकपुरमा जन्मियो अनौठो बच्चा : एउटा जिउमा दुई टाउको, चार आँखा र चार कान

जनकपुरधाम । जनकपुरमा अनौठो बच्चाको जन्म भएको छ । जनकपुरधामको रामानन्द चौक स्थित मिहिलाल इन्टरनेशनल अस्पतालमा दुई टाउको भएको बच्चा जन्मिएको हो । अस्पतालका प्रमुख रामबाबु यादवका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टियाकी २५ वर्षीया सविता वैद्यले एउटा जिउमा दुई टाउको, चार आँखा र चार कान भएको बच्चालाई बिहिबार जन्म दिएकी हुन् । डा. रुवी सिंह नेतृत्वको चिकित्सक टोलीले शल्यक्रियाको माध्यमबाट बच्चा...
कपिलवस्तुमा समाजवादी पार्टीका अध्यक्षमाथि गोली प्रहार

कपिलवस्तुमा समाजवादी पार्टीका अध्यक्षमाथि गोली प्रहार

कपिलबस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका समाजवादी पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको छ । समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष यादवमाथि आज दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार शुद्धोधन गाउँपालिका–५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ । मोटरसाइकलमा आए...
चौबिसेका उत्कृष्ट विद्यालय, शिक्षक र बिद्यार्थीलाई सम्मान तथा पुरस्कार, को–को भए पुरस्कृत ?

चौबिसेका उत्कृष्ट विद्यालय, शिक्षक र बिद्यार्थीलाई सम्मान तथा पुरस्कार, को–को भए पुरस्कृत ?

धनकुटा । चौबिसे गाउँपालिका क्षेत्र भित्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ । २०७५ को एसईई परीक्षामा ३ जिपीए भन्दा बढी ल्याउने १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुँनेमा शारदा मावि ६ नं. बुधवारेका विजिता मगर, संयुक्त मावि टोक्रोम्बाका उमेश लिम्बू, घनु लिम्बू, मंगलादेवी मावि बोधेका रजनी लिम्बू, समिक्षा देवान, बज्रमाई माविका सवलकुमा...
मोरङमा मोवाईल चार्ज गर्दै गेम खेल्दा करेन्ट लागेर बालकको मृत्यु

मोरङमा मोवाईल चार्ज गर्दै गेम खेल्दा करेन्ट लागेर बालकको मृत्यु

मोरङ । मोवाईल चार्ज गर्दै गेम खेल्दा गएराती मोरङको लेटाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा लेटाङ नगरपालिका–३ त्रिसुली चोकका पदमबहादुर राईका १५ बर्षीय छोरा सौजन राई छन् । साथी सुरज राईको घरमा सुत्न गएका बेला राती करिव १ बजे गेम खेल्दै गर्दा सौजनलाई करेन्ट लागेको बताईएको छ । मोवाईल चार्ज गर्दै गेम खेल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाए...
योगेश बने पर्यटन मन्त्री, राष्ट्रपतिबाट सपथ ग्रहण

योगेश बने पर्यटन मन्त्री, राष्ट्रपतिबाट सपथ ग्रहण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् । मन्त्री नियुक्त भएका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । तत्काली...
साँगुरीगढीका १० परिवार पहिरोका कारण विस्थापित, पीडितलाई राहत वितरण

साँगुरीगढीका १० परिवार पहिरोका कारण विस्थापित, पीडितलाई राहत वितरण

धनकुटा । बाढी पहिरोबाट विस्थापित साँगुरीगढी गाउँपालिका­–६ मझुवाका १० घर परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, साँगुरीगढी गाउँपालिका, बरख गण सल्लेरी व्यारेक र रेडक्रसले पहिरोपीडित परिवारलाई नगदसहित राहत सामाग्री वितरण गरेका हुन् । अविरल बर्षाका कारण बाढी पहिरोबाट घर पूर्णरुपमा क्षति भएका साँगुरीगढी गाँउपालिका–६ मझुवाका ज्ञानबहादुर घागामगर, अमृतबहादुर घागामगर, टीकाराम घागामगर, ...
पाङ्ग्रेभीरमा यसरी झर्यो पहिरो (भिडियो)

पाङ्ग्रेभीरमा यसरी झर्यो पहिरो (भिडियो)

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा गएको पहिरोका कारण पटक-पटक सवारी आवतजावत प्रभावित भईरहेको छ । साउन २ गते गएको पहिरोले राजमार्गको ईलाम–पाँचथर सडक अवरुद्ध हुँदा एक साता भन्दा बढी समय आवतजावत ठप्प भयो । त्यसपश्चात सडक खुलाईएपनि अझै बेलाबेला पहिरो झर्ने क्रम नरोकिदा सडक अवरुद्ध हुँने र खुलाउँने क्रम चलिरहेको छ । पहिरो झर्दा झर्दैको भिडियो हेर्नुहोस्... ...
पाँचथरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

पाँचथरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

पाँचथर । जंगली च्याउ खाँदा पाँचथरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फाल्गुनन्द गाउँपालिका–५ की ४८ बर्षीया सुनिता चेम्जोङ छन् । साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएपछि दुवै जना बिरामी भए । बिरामी भएपछि उपचारका लागि बिराट नर्सिङहोम ल्याईएकी सुनिताको आज बिहान करिव ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यता सासु सन्तमायाको मोहनमोहन अस्पताल बि...
धनकुटामा हरिराज खेवा स्मृतिग्रन्थ विमोचन

धनकुटामा हरिराज खेवा स्मृतिग्रन्थ विमोचन

धनकुटा । धनकुटामा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको स्मृतिग्रन्थ बिमोचन गरिएको छ । स्वर्गिय खेवाको तेस्रो स्मृति दिवसका अवसरमा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा ग्रन्थ बिमोचन गरिएको हो । पूर्व सूचना तथा सञ्चार मन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले स्मृतिग्रन्थ बिमोचन गरे । कार्यक्रमलाई संबोधन गर्दै कार्कीले समाजबादबाट मात्र नेपाली जनता समृद्ध हुने धारणा राख्दै स...
कक्षा १२ को परीक्षाफल सार्वजनिक

कक्षा १२ को परीक्षाफल सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो । बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २९२१५३, ग्रेडबृद्धि तर्फ ७८७४४ र आंशिक तर्फ ५७१७० परीक्षार्थी सहभागी थिए ।
error: Content is protected !!