काठमाडौं । पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ परेका छन् । न्यूज २४ का पत्रकारद्वयलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।

आफूलाई लामिछाने र कँडेललगायतले मानसिक तनाव दिइ आत्महत्या गर्न बाध्य पारेकोपुडासैनीको रेकर्डेट भिडियो सार्वजनिक भएको थियो।

त्यसपछि प्रहरीले लामिछाने लगायतलाई निगरानीमा राखेको थियो। बिहीबार दिउँसो उक्त घटनासँग जोडिएकी अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। लगत्तै प्रहरीले लामिछाने र कँडेललाई बिहीबार साँझपक्राउ गरेको हो।

पत्रकारपुडासैनी चितवनस्थित एक होटलमा गत साउन २१गते झुन्डिएको अवस्थामा फेला परेका थिए।

लामिछानेकै टीममा रहेर न्युज २४ टेलिभिजनमा काम गरेका पत्रकार पुडासैनीले सँगै काम गर्दादेखि आफू पीडित रहेको भनेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!