- सन्तोष रुचाल / संगालोखबर

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी धनकुटाको सचिवालय बैठकले पार्टीको कुनै पनि नेता, कार्यकर्ता, पार्टी सदस्यहरुबाट जातिय विभेद भएको पाइएमा पार्टी सदस्यबाट निष्कासन गर्ने जनाएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले विगत केही समय यता जिल्लाका विभिन्न क्षेत्रहरुमा जातिय विभेद तथा छुवाछुतको घटना भईरहेको भनि पार्टीमा जानकारी आएकोले यस्ता घृणित कार्य नगर्न पार्टीले आफ्ना नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरुलाई आग्रह गरेको छ ।

पार्टीको आग्रहलाई बेवास्ता गर्दै पार्टीका कुनै पनि तहका सदस्यहरुले जातिय विभेद जस्तो घृणित कार्य गरेको पाइएमा त्यस्ता व्यक्तिलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिने पार्टी सचिव ऋषिराम ढुंगानाले बताए ।

पार्टीका केही नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरु नै जातिय विभेदको घटनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न भएको भनि पार्टीमा उजुरी आएपछि बैठकले सो निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र राईको भनाई छ ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!