बिनोद बिष्ट/संगालोखबर

सहिदभूमि । धनकुटाको सहिदभूमि गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सहिदभूमी–३ डाँडागाउँका ३८ बर्षीय अर्जुन राई छन् ।

Advertisement

सोमबार साँझ करिव साढे ५ बजे घरबाट स्थानीय टारबारी स्थित ससुराली घर जाँन भनेर हिडेका राई ससुराली नपुगेपछि खोजी गर्ने क्रममा आज बिहान कोङलाङ भीरमा उनको शव भेटिएको हो ।

भीरबाट करिव एक सय मिटर तल खसेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारीपछि ईलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!