सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका सदस्य बालकृष्ण राईमाथि नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले लगाएको आरोपको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साँगुरीगढी गाउँपालिका कमिटीले विरोध जनाएको छ ।

साँगुरीगढी–६ नाम्जेस्थित जनजाति पार्क, सूर्योदय बुद्धविहार लगायत क्षेत्रमा जाने सडक भत्काएको विषयमा नाम्जेस्थित स्थानीयथुम्कीबासीले गरेको विरोधमा नेकपा साँगुरीगढी गाउँपालिका कमिटीका सदस्यसमेत रहेका राईको पनि संम्लग्नता रहेको भनि कांग्रेसले प्रेस विज्ञप्ति जारी गरेको थियो । सोहि बिषयमा नेकपा साँगुरीगढी गाउँपालिका अध्यक्ष देवमान राईले प्रेस बिज्ञप्ति जारी गर्दै बिरोध जनाईएको हो ।

Advertisement

साँगुरीगढीको सार्वजनिक सरोकारको जानजाति पार्क, सूर्योदय बृद्धविहार लगायत क्षेत्रमा जाने सडक २०७१ सालमा समुदायले सम्बन्धित जग्गावालाहरुको आम सहमतिमा निर्माण गरी निर्विवाद संचालन भईरहेको थियो । सोही सडक अन्तरगत रहेको कि.न. ३३७ को जग्गा इटहरी उपमहानगरपालिका–५ का प्रमोद राईले गत वर्ष किनेका थिए । गत आर्थिक वर्षमा १ नम्बर प्रदेश सरकारको सशर्त अनुदानमा स्तरोन्नति गरी ५ वर्षदेखि निर्विवाद संचालन हुदै आएको उक्त सडक कांग्रेस क्षेत्रीय कार्य समितिका सभापति जितेन्द्र रुम्दाली राईको प्रत्यक्ष संम्लग्नतामा कि.न. ३३७ का जग्गाधनी प्रमोद राईले डोजर लगाएर साउन १६ गते भत्काएको विज्ञप्तिमा उल्लेख छ ।

सडक भत्काईएपछि साउन २२ गते स्थानीय सरोकारवालाहरुको भेलाले सडक भत्काउने व्यक्तिहरुलाई कारवाही गर्न स्वतःस्फूर्त निर्णय गरी गाउँपालिकामा माग गरिएको प्रष्ट हुँदाहँुदै कपोलकल्पित र राजनीतिक चरित्रहत्या गर्ने गरी विना सन्दर्भ र प्रमाण विना कार्यपालिका सदस्यमाथि आरोप लगाई गाउँ कार्यापालिकामा तालाबन्दी गर्ने, कार्यपालिकामा हुलहुज्जत गर्ने जस्ता कार्य गरेको भन्दै नेकपाले घोर भत्र्सना गरेको हो ।

त्यस्तै गाउँ तथा नगर कार्यपालिका सदस्य जिल्ला समन्वय समितिले पनि प्रेस विज्ञप्ति मार्फत समन्वय समितिका सचिव बालकृष्ण राईमाथि लगाईएको आरोपको विरोध गरेको छ । गाउँ तथा नगर कार्यपालिका सदस्य जिल्ला समन्वय समितिका अध्यक्ष मदन बसेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक तथा राजनीतिक पहिचान र पदीय जिम्मेवारीमा बसेका व्यक्ति नै डोजर लगाएर सडक भत्काउने कार्यमा संम्लग्न भई आफ्नो गलत कामलाई ढाकछोप गर्न अरुलाई दोष देखाईएको उल्लेख छ । घटनामा संलग्न व्यक्तिलाई बिज्ञप्ती मार्फत कारबाहीको मागसमेत गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!