संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । बर्जु गाउँपालिका–५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले कुटपिट गर्दा उनकी श्रीमती २३ बर्षीया श्रीमती अवनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलवार बिहान घरायशी बादबिबादका क्रममा प्रदिपले अवनदेवीलाई मरणासन्न हुँनेगरी कुटपिट गरेका थिए ।

Advertisement

कुटाईबाट गम्भीर घाईते भएकी यादवको उपचारका क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा मंगलवार साँझ मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ ।

घटना पश्चात यादव फरार छन् । उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!