काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज  विज्ञप्ति जारी गरी आजदेखि १६ गतेसम्म मौसम सक्रिय हुने जनाएको छ ।

Advertisement

सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ । आजबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले पुनःमनसुन सक्रिय भई पाँच दिन भारी वर्षाको सम्भावना रहेको हो ।

मनसुन सक्रिय भई देशको अधिकाश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!