प्रदेश १ का एक लाख जनाको भयो पीसीआर परीक्षण
विराटनगर । प्रदेश १ मा हालसम्म १ लाख भन्दा बढीको पीसीआर परीक्षण भएको छ । सोमबारसम्म १ लाख ३ सय ४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोमबार १ हजार ८ सय ६० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म परीक्षण गरिएका मध्ये ४ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यता, ९६ हजार १ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञा...



























