प्रदेश १ मा थपिए १३३ कोरोना संक्रमित, ८४ जना डिस्चार्ज

प्रदेश १ मा थपिए १३३ कोरोना संक्रमित, ८४ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ३३ महिला र १ सय ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३ र पाँचथरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीका ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा ७ महिला र ५१ पुरुष छन...
धरानमा मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु

धरानमा मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु

धरान । धरानमा मोटरसाईकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । धरान–८ तिनकुनेस्थित कोशी राजमार्गमा मोटरसाईकलले ठक्कर दिँदा पहिचान नखुलेकी बृद्धाको मृत्यु भएको हो । ईटहरीबाट धरान आउँदै गरेको को.८ प.९३०२ नम्बरको मोटरसाईकलले मंगलबार साँझ करिब साढे ७ बजे बृद्धालाई ठक्कर दिएको हो । ठक्करबाट गंभीर घाईते भएकी उनको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राती करिब ९ बजे मृत्यु भएको ई...
झापामा घाँटी काटिएको अवस्थामा युवाको शव भेटियो

झापामा घाँटी काटिएको अवस्थामा युवाको शव भेटियो

झापा । झापाको रतुवामाईमा घाँटी काटिएको अवस्थामा एक युवाको शव भेटिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का २९ बर्षीय गोविन मगरको शव फेला परेको हो । मंगलबार साँझदेखि घरबाट सम्पर्कबिहिन भएका मगरको खोजी गर्ने क्रममा बुधबार बिहान करिब १० बजे शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मगरले करिब १ महिना अघिदेखि चलाउँदै आएको मोटरसाईकल घटनास्थल भन्दा झण्डै १ सय मिटर टाढा फेला परेको छ । घटनाको ...
बिराटनगरमा पेस्तोल देखाएर व्यापारीबाट पैसा असुल्ने पाँच जना पक्राउ

बिराटनगरमा पेस्तोल देखाएर व्यापारीबाट पैसा असुल्ने पाँच जना पक्राउ

बिराटनगर । बिराटनगरमा व्यापारीहरुलाई पेस्तोल देखाएर पैसा असुल्ने पाँच जना पक्राउ परेका छन् । हतियार देखाएर पैसा माग्ने र नदिए ज्यान मार्ने धम्की दिएर रकम असुल्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको कटहरी–२ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह, सप्तरी बोधेबर्साईनका–८ का २७ बर्षीय नन्दकिसोर साह र भारतको बिहार राज्य सितामणीका २७ बर्षीय राजु साह छन् । ...
तस्करी गरी लैजाँदै गरिएको काठसहित २ जना पक्राउ

तस्करी गरी लैजाँदै गरिएको काठसहित २ जना पक्राउ

सप्तरी । जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिनुभयो । उनीहरुको साथबाट २.१८ घनफिट तीन थान सालको काठ बरामद गरिएको साफीले बताए । पक्राउ परेकाहरुलाई सशस्त्र वन सुरक्...
ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु, पाँच जना घाइते

ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु, पाँच जना घाइते

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुक...
कोरोनाविरुद्ध प्लाज्मा थेरापी : नेपालमा ४५ जना निको भए

कोरोनाविरुद्ध प्लाज्मा थेरापी : नेपालमा ४५ जना निको भए

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । उनी प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन र लिन डराउनुपर्दैन भनेर सुझाव दिन्छन...
डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

काठमाडौं । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र कुनै सदनको सदस्य भइसक्नुपर्ने प्रावधान धारा ...
पाँच अन्तर्राष्ट्रिय उडानबाट फर्किए २ सय ६४ नेपाली

पाँच अन्तर्राष्ट्रिय उडानबाट फर्किए २ सय ६४ नेपाली

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २ सय ६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ । सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु लगेको छ । यस्तै हिमालय एयरलाइन्...
पेट्रोलको मूल्य बढ्यो

पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो। यो मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ। निगमले इस्वी सम्वत् महिनाको १ र १६ गते मूल्य समायोजन गर्छ । ईण्डियन आयल कर्पोरेशनबाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ। ड...
मोरङमा निषेधाज्ञा खुकुलो पारिदै, सवारीमा जोरबिजोर प्रणाली

मोरङमा निषेधाज्ञा खुकुलो पारिदै, सवारीमा जोरबिजोर प्रणाली

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले ६ दिनका लागि निषेधाज्ञा थपेको छ । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले मंगलबार राती १२ बजेदेखि भदौ २२ गते राती १२ बजेसम्मका लागि खुकुलो प्रावधानसहित निषेधाज्ञा घोषणा गरेका हुन् । निषेधाज्ञा अवधिमा निजी सवारी साधनलाई जोरबिजोर प्रणाली लागु गरिएको छ । जस अनुसार जोर गते जोर नम्बर भएका र बिजोर गते बिजोर नम्बर भएका निजी सवारी साधन सञ्चालन हुन पाउँनेछन् । सिट...
प्रदेश १ का ८७ जनामा कोरोना संक्रमण, १४ जना डिस्चार्ज

प्रदेश १ का ८७ जनामा कोरोना संक्रमण, १४ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ का पाँच जिल्लामा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा २१ महिला र ६६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा सुनसरीका ५६, मोरङका १५, झापाका १४ तथा पाँचथर र धनकुटामा १/१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिल...
जनगणनाका लागि प्रश्नावली प्रकाशन

जनगणनाका लागि प्रश्नावली प्रकाशन

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउन २६ गते स्वीकृत गरेको सो प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभाग...
धनकुटाका सांसद दम्पतीले जिते कोरोना, सांसद भन्छिन्– मानव आतंक मात्र रहेछ कोरोना

धनकुटाका सांसद दम्पतीले जिते कोरोना, सांसद भन्छिन्– मानव आतंक मात्र रहेछ कोरोना

धनकुटा । धनकुटाका कोरोना संक्रमित प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ दम्पती आजबाट कोरोना मुक्त भएका छन् । सांसद श्रेष्ठसँगै उनका श्रीमान नयनले पनि २४ दिनमा कोरोना जितेका हुन् । धनकुटाको कागते घर भएका सांसद दम्पतीमा साउन २४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु ईटहरीस्थित आफ्नो कोठामा बसेका थिए । स्वाब संकलन गरी बिराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा आज दुबै जनाको ...
धनकुटाका थप तीन जनाले जिते कोरोना, निको हुँनेको संख्या २० पुग्यो

धनकुटाका थप तीन जनाले जिते कोरोना, निको हुँनेको संख्या २० पुग्यो

धनकुटा । धनकुटाका थप तीन जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई जना पुरुष प्रहरी र सहिदभूमी गाउँपालिकामा कार्यरत एक जना पुरुष स्वास्थ्यकर्मीले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका हुन् । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका सहिदभूमीका स्वास्थ्यकर्मीको बिराटनगरस्थित कोभिड अस्पतालमा उपचार भईरहेको थियो । यता, भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएका दुई प्रहरी मोरङक...
झापामा भन्सार छलेर ल्याईएको ओरीयन्स कम्पनीको औषधी बरामद, ६ जना पक्राउ

झापामा भन्सार छलेर ल्याईएको ओरीयन्स कम्पनीको औषधी बरामद, ६ जना पक्राउ

झापा । झापाको सिवसताक्षीमा भन्सार छली गरेर ल्याईएको ओरीयन्स कम्पनीको करिव ७ लाख मुल्य बराबरको औषधी बरामद भएको छ । शिवसताक्षी नगरपालिका–८ स्थित राजमार्गबाट औषधि बरामद भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा आएका ६ जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला परेको हो । औषधि ल्याउँनेहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । भा...
घोपामा कोरोना संक्रमित पुरुषको मृत्यु, घोपामा मृत्यु हुँने संक्रमितको संख्या १९ पुग्यो

घोपामा कोरोना संक्रमित पुरुषको मृत्यु, घोपामा मृत्यु हुँने संक्रमितको संख्या १९ पुग्यो

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सोमबार राती एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको मिर्चैया–६ का ६५ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा राती करिब ८ः४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । भदौ ९ गते पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । बिराट मेडिकल कलेजले रेफर गरेर पठाएका उनलाई भदौ १० गते प्रतिष्ठानमा भर्ना गरिएको हो । खो...
प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि घिमिरेलाई झाडापखाला लागेको थियो । सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । शनिबार साँझदेखि घिमिरे निवासमै छन् । उनको स्वास्थ्य अ...
विराटनगरका युवाले सुरु गरे फुड बैंक, निःशुल्क खाना पाउँदा बिपन्नलाई मिल्यो राहत

विराटनगरका युवाले सुरु गरे फुड बैंक, निःशुल्क खाना पाउँदा बिपन्नलाई मिल्यो राहत

विराटनगर । बिराटनगरका युवाहरुले सोमबारबाट फुड बैंक सञ्चालन गरेका छन् । विराटनगर–४ र ५ जामुनगाछीका ६० जना युवा सम्मिलित क्रियटिभ युथ सोसाईटीले फुड बैंक स्थापना गरेर अतिविपन्न परिवारलाई भान्साको पोको उपहार दिन थालेको हो । ९० बर्षिय जेष्ठ नागरिक बालकृष्ण घिमिरेको हातबाट अतिविपन्न परिवारका सदस्यलाई खानाको पोको वितरण गरेर फुड बैंकको उद्घाटन गरिएको छ । पाँच महिना यता पटक–पटक भईरहेको लकडाउन र निषेधाज्...
धनकुटाका कोरोना संक्रमितलाई उद्योग बाणिज्य संघले खुवायो गुर्जो र पानी

धनकुटाका कोरोना संक्रमितलाई उद्योग बाणिज्य संघले खुवायो गुर्जो र पानी

धनकुटा । धनकुटाको औद्योगिक ग्रामस्थित आईसोलेशन सेन्टरमा रहेका कोरोना संक्रमितलाई उद्योग बाणिज्य संघले मिनिरल वाटर र गुर्जो प्रदान गरेको छ । संक्रमितहरुका लागि संघले स्वच्छ पिउने पानी मिनिरल वाटर र रोग प्रतिरोधात्मक क्षमता बढाउँने गुर्जो जडिबुटी प्रदान गरेको हो । धनकुटामा पहिलो पटक आईतबारबाट सञ्चालनमा आएको आईसोलेशन सेन्टरमा १९ कोरोना संक्रमितलाई राखिएको छ । उनीहरुलाई स्वच्छ पिउने पानीका लागि मिन...
काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको हो । मेयर शाक्यको ग्रान्डी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको भएपनि आफुलाई लक्षण नदेखिएको मेयर शाक्यले बताए । उनीसँगै पीसीआर परीक्षण गराएकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । शाक्य अहिले होम आइसोलेसनमा छन् । उ...
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको आज निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत ८४ वर्षीय मुखर्जीको निधन भएको परिवार स्रोतले जनाएको छ । उनका छोरा अभिजितिले ट्वीटरमार्फत पूर्वराष्ट्रपति मुखर्जीको निधनको पुष्टि गरेका छन् । फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बनेको थियो । सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त...
प्रदेश १ मा ५६ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज

प्रदेश १ मा ५६ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज

विराटनगर । प्रदेश नं.१ का चार जिल्लामा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि हुँनेमा १७ महिला र ३९ पुरुष छन् । १ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा सुनसरीका २६, मोरङका १७, संखुवासभाका ९ र झापाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरु...
धनकुटाको राम बजारमा मास्क बैंक स्थापना

धनकुटाको राम बजारमा मास्क बैंक स्थापना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ राम बजारमा मास्क बैंक सञ्चालन गरिएको छ । महालक्ष्मी नगरपालिका, राम बजार व्यवस्थापन समिति र राम बजार युवा समूहले ‘हुनेले मास्क दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्’ भन्ने नारासहित मास्क बैंक सञ्चालन गरेका हुन् । राम बजारमा आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले मास्क बैंकको उद्घाटन गरेका छन् । कोरोनाको संक्रमण बढ्दै गईरहेका बेला स...
बेलबारीमा पंखा जोड्ने क्रममा करेन्ट लागेर एक जनाकोे मृत्यु

बेलबारीमा पंखा जोड्ने क्रममा करेन्ट लागेर एक जनाकोे मृत्यु

विराटनगर । मोरङको बेलबारीमा पंखा जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी–८ की २८ बर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको हो । आईतबार बेलुका करिव ६ बजे आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लाग्दा धिमाल बेहोस भएकी थिइन् । उपचारका लागि उनलाई पथरी अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धनकुटा बहुमुखी क्याम्पसले अनलाईनबाट सबै तहका कक्षा सञ्चालन गर्ने

धनकुटा बहुमुखी क्याम्पसले अनलाईनबाट सबै तहका कक्षा सञ्चालन गर्ने

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसले अनलाईनबाट सबै तहका कक्षा सञ्चालन गर्ने तयारी थालेको छ । त्रिभुवन विश्वविद्यालयको निर्देशन अनुसार बिद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्न बिद्यार्थीहरुको अवस्था पहिचान थालिएको क्याम्पसले जनाएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि गत चैत ६ गतेबाट सबै पठनपाठन र परीक्षाहरु स्थगित गरिएको थियो । यसबीचमा क्याम्पसले स्नातकोत्तर तहका सेमेष्टर प्रणाली र स्नातक तहका बिएस्सी प्...
धनकुटामा निषेधाज्ञा कडा पार्ने निर्णय, घट्यो पसल खोल्ने समय

धनकुटामा निषेधाज्ञा कडा पार्ने निर्णय, घट्यो पसल खोल्ने समय

धनकुटा । धनकुटामा भोलिबाट निषेधाज्ञा कडाई गरिने भएको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिनका लागि आज राती १२ बजेदेखि १७ गते राती १२ बजेसम्म निषेधाज्ञा कडाई गरिने भएको हो । आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायमा कोरोना संक्रमण फैलनसक्ने जोखिम बढेको निष्कर्ष निकाल्दै निषेधाज्ञा कडा पार्ने निर्णय गरेको हो । बैठकले बजार पसल खुल्ने समय परिवर्तन गरेको छ । अब बिहान ७ बजेदेखि १० बजेसम...
सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पिकअपको ठक्करबाट भोक्राहा नर्सिङ –६ का २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको हो । आज दिउँसो करिव २ बजे पश्चिमतर्फ जाँदै गरेको बा.२१ च.५६९४ नम्बरको पिकअपले बिपरित दिशाबाट आईरहेको को.३८ प.३४६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट मेहता गम्भीर घाईते भएका थिए । उपचारका...
धनकुटामा सुरु भयो कोरोना संक्रमितको उपचार, पहिलो दिनमै भरियो आईसोलेशन

धनकुटामा सुरु भयो कोरोना संक्रमितको उपचार, पहिलो दिनमै भरियो आईसोलेशन

धनकुटा । धनकुटामा निर्माण गरिएको आईसोलेशन सेन्टरमा आजबाट कोरोना संक्रमितलाई राखेर उपचार थालिएको छ । धनकुटाको औद्योगिक ग्राममा २० बेडको आईसोलेशन निर्माण गरेर कोरोना संक्रमितको उपचार थालिएको हो । सञ्चालनमा आएको पहिलो दिन नै कोरोना संक्रमितले आईसोलेशन भरिएको छ । पहिलो दिन नै आईसोलेशनमा १९ जना कोरोना संक्रमित भर्ना भएका छन् । आईसोलेशनका २० मध्ये अब एउटा बेड मात्र खाली छ । कोरोना संक्रमण पुष्टि भएका...
प्रदेश १ मा थपिए ९३ कोरोना संक्रमित, ९ जना डिस्चार्ज

प्रदेश १ मा थपिए ९३ कोरोना संक्रमित, ९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ का चार जिल्लामा आज ९३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ३२ महिला र ६३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङका ४५, सुनसरीका ३७, झापाका ९ र संखुवासभाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका ४२ जनामा कोरोना संक्रमण देखिएको छ । २१–२१ जना महिला र पुरुषको पीसीआर रिपोर्ट ...
स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा सुरु

स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा सुरु

काठमाडौं । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरिएको हो । नेपाल नेशनल अस्पतालका मेडिकल निर...
error: Content is protected !!