- सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–७ थाक्लेका लालबहादुर तामाङले पालेका ६ वटा पशुचौपाया बुधबार शंकास्पद तरिकाले एकै पटक मरेका छन् । तामाङको एउटा गोरु, एउटा भैँसीको पाडो, तीन वटा बाख्रा र एउटा बोका बुधबार दिउँसो मरेका हुन् ।

दिउँसो करिब ३ बजे खोलेपानी खुवाउँने बेलामा बस्तुबाख्रा मरेका हुन् । घरका सबै जना काम गर्न खेतबारीमा गएका बेला कोही नभएको मौका छोपी कसैले खोलेमा बीस हालिदिएको हुनसक्ने पीडित परिवारको आशंका छ । कामबाट घर फर्किदा बस्तुबाख्रा मरिरहेको भेटेपछि परिवारका सदस्य आश्चर्यचकित भए ।

Advertisement

योजनावद्ध रुपमा विष हालेर बस्तुवाख्रा मारिएको आशंका गर्दै परिवारका सदस्यले दोषी पत्ता लगाई कारबाहीका लागि सहयोग गर्न वडाध्यक्ष देवेन्द्र तामाङलाई आग्रह गरेका छन् । शंकास्पद तरिकाले बस्तुबाख्रा एकैपटक मरेको हुनाले घटनाको वास्तविकता बुझ्ने काम भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

घटनाको जानकारी पाएपछि पाख्रीवास प्रहरी चौकीबाट बिहीबार बिहान प्रहरी टोली घटनास्थल गएको छ । अहिले घटनाको विषयमा अनुसन्धान भइरहेकाले त्यसपछि घटनाको वास्तविकता पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले बताए ।

यसअघि पाख्रीवासको चुङमाङमा पनि बिस हालेर पशु चौपाय मारेको घटना सार्वजनिक भएको थियो ।  

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!