- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

इलाम । मेडिकल क्षेत्र सुधारका लागि पटक–पटक अनसन बसेर चर्चामा आएका डाक्टर गोविन्द केसी विरामीको उपचारका लागि इलाम आएका छन् । ग्रामिण क्षेत्रका विरामीलाई उपचार सेवा प्रदान गर्न डा.केसी इलाम आएका हुन् ।

अब २० दिनसम्म इलाम अस्पतालवाट आफुले हाडजोर्नी सम्वन्धि उपचार सेवा प्रदान गर्ने डा.केसीले बताएका छन् । डा.केसीले भदौ १० गतेसम्म इलामबाट निःशुल्क सेवा प्रदान गर्नेछन् । डा.केसी उपचारमा खटिएपछि इलाम अस्पतालमा विरामीको भीड बढ्न थालेको छ ।

Advertisement

उनले दिनमा करिब ५० जना विरामीको स्वास्थ्य परीक्षण गर्ने योजना बनाएका थिए । तर, विरामीको चाप बढेपछि अबेरसम्म पनि सेवा प्रदान गर्न थालिएको छ । २७ वर्ष शिक्षण अस्पतालमा काम गरेका डा.केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा विताइसकेका छन् ।

स्वास्थ्य क्षेत्रमा विकृति फैलिएको भन्दै त्यसलाई सुधारका लागि उनी पटक–पटक दवावमूलक आन्दोलन गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!