फायल तस्बीर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ ढोडेस्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा ट्याक्टर चालक भोजपुरको षडानन्द नगरपालिका–४ का २० वर्षीय धिरज राई र ट्याक्टरमा सवार उदयपुरको त्रियुगा नगरपालिका–५ का १८ वर्षीय सर्वण मगर घाइते भएका हुन् ।

गएराती करिव ११ बजे सिधुवाबाट जितपुरतर्फ जाँदै गरेको को २ त ६५५७ नम्बरको ट्याक्टर सडकमा पल्टिएको हो । ट्याक्टर पल्टिदा राईको दाहिने खुट्टामा चोट लागेको छ भने मगरको देब्रे खुट्टामा चोट छ । उनीहरूलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

सडकमा ट्याक्टर पल्टिएका कारण सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रहरीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!