- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको मेचीनगर नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गको ट्राफिक पोष्ट छेउमा आज बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ४० वर्षीय चेतनाथ फुयाल छन् ।

बिहान पौने १० बजे सडक पार गर्दै गरेका फुयाललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ३–००१ ख १६०२ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट फुयाल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

बस र चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!