- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । कोसी कोभिड अस्पतालमा उपचारका क्रममा फरार भएका कोरोना संक्रमित कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । अस्पतालबाट फरार भएका विराटनगर–१८ का लक्ष्मण दासलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उनको उपचार भइरहेको थियो । लेनदेन मुद्दामा कैद सजाय भुक्तान गरिरहेका दास बिहीबार शौचालय जाने क्रममा सुरक्षाकर्मीलाई छलेर अस्पतालबाट फरार भएका थिए । उनलाई विराटनगर–१४ बाट पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!