- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ६१ वर्षीया सीतादेवि ढकाल छिन् ।

गएराती पौने ९ बजे आफ्नो घर अगाडि बसिरहेकी ढकाललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट उनी घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Advertisement

मोटरसाइकल र चालक बेलबारी–६ का २३ बर्षीय अमन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!