- संगालोखबर सम्वाददाता

भोजपुर । कोराना संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मंगलवारदेखि ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो ।

Advertisement

शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गाउँपालिकामा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलवारसम्म जिल्लामा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ । सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!