धनकुटा क्षेत्र नं.२ मा ४५ सय मतान्तरसहित एमालेका इन्द्रमणी पराजुली निर्वाचित

धनकुटा क्षेत्र नं.२ मा ४५ सय मतान्तरसहित एमालेका इन्द्रमणी पराजुली निर्वाचित

धनकुटा । प्रदेश सभा धनकुटा क्षेत्र नं.२ बाट नेकपा एमालेका उम्मेद्वार इन्द्रमणी पराजुली निर्वाचित भएका छन् । एमाले धनकुटाका अध्यक्षसमेत रहेका पराजुली ४ हजार ५ सय ६७ मतान्तरसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । पराजुलीले १५ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठले ११ हजार २ सय ३० मत ल्याएकी छन् । पराजुल...
दोब्बर बढी मतान्तरसहित केपी ओली बिजयी

दोब्बर बढी मतान्तरसहित केपी ओली बिजयी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बर भन्दा बढी मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । झापा क्षेत्र नं.५ बाट उम्मेद्वार बनेका ओलीले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७४ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बुधबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार ओलीले ५२ हजार ३ सय १५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी का...
झापा–१ बाट विश्वप्रकाश शर्मा बिजयी

झापा–१ बाट विश्वप्रकाश शर्मा बिजयी

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । झापा–१ मा नेकपा एमालेका अग्नि खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा निर्वाचित भएका हुन् । आज साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले उम्मेद्वार खरेलले २५ हजार ३४९ मत ल्याएका छन् । यो समाचार तयार पार्दासम्म देशभर कांग्रेसले...
स्वास्थ्य र शिक्षा क्षेत्रमा नेपालकै सबैभन्दा बढी आयकर तिर्ने नोबेललाई सरकारले गर्यो सम्मान

स्वास्थ्य र शिक्षा क्षेत्रमा नेपालकै सबैभन्दा बढी आयकर तिर्ने नोबेललाई सरकारले गर्यो सम्मान

काठमाडौँ । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये नेपालमै सबैभन्दा बढी आयकर तिरेर यो बर्ष पनि विराटनगरस्थित नोबेल मेडिकल कलेज सम्मानित भएको छ । डा.सुनिल शर्माद्वारा सञ्चालित नोबेलले लगातार तिन बर्ष सर्वाधिक आयकर तिरेर तेस्रो पटक यो सम्मान पाएको हो । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व बिभागले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा आर्थिक बर्ष २०७७/७८ मा सर्वाधिक आयकर तिरे बापत नोबेलला...
नोबेलले मनायो दीर्घ दम रोग दिवस

नोबेलले मनायो दीर्घ दम रोग दिवस

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विश्व दीर्घ दम रोग दिवस मनाएको छ । नोबेलको छाती तथा फोक्सो विभागले बजारमा प्रभातफेरी गरेर दीर्घ दम रोग दिवस मनाएको हो । नोबेल अस्पतालबाट सुरु भएको जुलुस कञ्चनबारी, एयरपोर्टमोड हुँदै पुनः नोबेल अस्पतालमै आइपुगेको थियो । जुलुसमा नोबेल अस्पतालका डाक्टर, कर्मचारी, विद्यार्थी लगायत सहभागि थिए । नेपालमा दीर्घ दम रोगलाई मृत्युको प्रमुख कारण मानिन्छ । दम...
धनकुटामा यसरी भइरहेको छ मतगणना (फोटो फिचर)

धनकुटामा यसरी भइरहेको छ मतगणना (फोटो फिचर)

धनकुटा । धनकुटामा मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट मत गन्न थाल्ने भनिएपनि २ः५० बजेबाट मात्र मतगणना सुरु भएको हो । सुरुवातमा महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकाको मत गन्न थालिएको छ । हरेक एक/एक वडाको मत गनिसकेपछि नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संगालोखबरले मतगणनाको नियमित अपडेट दिनेछ । हेर्नुहोस् मतगणनाका तस्वीर...
धनकुटामा सुरु भयो मतगणना

धनकुटामा सुरु भयो मतगणना

धनकुटा । धनकुटामा मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट मत गन्न थाल्ने भनिएपनि २ः५० बजेबाट मात्र मतगणना सुरु भएको हो । सुरुवातमा महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकाको मत गन्न थालिएको छ । हरेक एक/एक वडाको मत गनिसकेपछि नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संगालोखबरले मतगणनाको नियमित अपडेट दिनेछ । धनकुटामा यसरी भइरहेको छ मतगणना (फोटो फिचर)
धनकुटाको बेलहारामा शंकास्पद बस्तु भेटियो, सेनाको बम डिस्पोजल टोली जाँदै

धनकुटाको बेलहारामा शंकास्पद बस्तु भेटियो, सेनाको बम डिस्पोजल टोली जाँदै

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहारामा शंकास्पद बस्तु फेला परेको छ । बेलहारा प्रहरी चौकीबाट करिब डेढ किलोमिटर उत्तरमा बम जस्तो देखिने बस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । शंकास्पद बस्तु भेटिएपछि अहिले सो स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पठाइएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए । ‘डल्लो बस्तुमा तार बेरिएको देखिएको छ, नजिकै एउटा बोरा पनि छ,’ एसपी अ...
धनकुटामा दिउँसो १ बजेबाट मतगणना थालिने

धनकुटामा दिउँसो १ बजेबाट मतगणना थालिने

धनकुटा । धनकुटामा आज दिउँसो १ बजेबाट मतगणना सुरु हुँने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने समय निर्धारण गरेको हो । सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना थाल्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी दिवेश श्रेष्ठले जानकारी दिए । धनकुटा सदरमुकामको सामुदायिक भवनमा मतगणना हुनेछ । जिल्लाभरका १६४ वटै मतदान केन्द्रबाट मतपेटिका सामुदायिक भवनमा ल्याइएको छ । सब...
धनकुटामा ५९ प्रतिशत मात्र खस्यो मत, ४७ हजारले गरेनन् मतदान

धनकुटामा ५९ प्रतिशत मात्र खस्यो मत, ४७ हजारले गरेनन् मतदान

धनकुटा । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज भएको मतदानमा धनकुटामा ५९ प्रतिशत मात्र मत खसेको छ । १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेको जिल्लामा ६९ हजार ४ सय ९६ जनाले मतदान गरेका हुन् । कुल मतदाता सङ्ख्याको आधारमा ५९ दशमलव ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज प्रधानले बताए । ‘यो प्रारम्भिक डाटा हो, अहिले डाटा कलेक्सन र भेरिफाइ गर्ने काम भइरहेको छ,’ प्रधानले संगालोख...
तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

तेह्रथुम । तेह्रथुममा मतदान गर्न गएका एक बृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । लालिगुराँस नगरपालिका ८ सोल्मास्थित रत्न माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोट हाल्न पुगेका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको हो । उनी मतदान केन्द्रको गेटमै बेहोस भएर लडेका थिए । उनको मृत्युको कारण खुलेको छैन । उनी उक्त रक्तचापका बिरामीसमेत रहेको बताइएको छ ।
धनकुटाका मुख्य प्रतिस्पर्धी राजेन्द्र, सुनिल र हेमराजले हाले भोट

धनकुटाका मुख्य प्रतिस्पर्धी राजेन्द्र, सुनिल र हेमराजले हाले भोट

धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले मतदान गरेका छन् । नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई, गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार सुनिल बहादुर थापा र स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले आज बिहान मतदान सुरु भएलगत्तै मत खसालेका हुन् । एमाले उम्मेद्वार राई र कांग्रेस उम्मेद्वार थापाले पाख्रीवासबाट मतदान गरेका छन् भने स्वतन्त्र उम्मेद्वार भण्डारीले चौविस...
आज प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन, देशभर सुरु भयो मतदान

आज प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन, देशभर सुरु भयो मतदान

धनकुटा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । ७७ वटै जिल्लामा गरी कुल एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । मतदानका लागि १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकिएको छ । मतदानमा सहजिकरणका लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटाइएको छ । निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर...
धनकुटामा वडाध्यक्षको सरकारी मोटरसाइकल नियन्त्रणमा, गठबन्धनले पैसा बाँढ्न प्रयोग गरेको आरोप

धनकुटामा वडाध्यक्षको सरकारी मोटरसाइकल नियन्त्रणमा, गठबन्धनले पैसा बाँढ्न प्रयोग गरेको आरोप

धनकुटा । निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको आरोपमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ का वडाध्यक्ष नेत्र अधिकारीको सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ सम्बद्ध युवाहरूले आज राती करिब ८ बजे महालक्ष्मी–७ जितपुरस्थित धन्धार्ने टोल नजिकबाट मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । आचारसंहिता विपरित मतदाता प्रभावित पार्ने काममा प्रयोग गरेको आ...
झापामा हात्ती मृत भेटियो

झापामा हात्ती मृत भेटियो

झापा । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धान खेतमा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको हो । मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाअध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए । उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन । डिभिजन वन कार्यालयको टोली आ...
आज रातिदेखि स्थिर समय सुरु हुँदै

आज रातिदेखि स्थिर समय सुरु हुँदै

विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि यो समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई स्थिर समय भनेको छ । यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर...
भोजपुरमा चुनावी सभा नजिक बम बिस्फोट

भोजपुरमा चुनावी सभा नजिक बम बिस्फोट

भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आज दिउँसो सत्ता गठबन्धनको चुनावी सभा नजिक बम विस्फोट भएको छ । बिस्फोटमा परी एक जना घाइते भएका छन् । विस्फोटमा अरुण गाउँपालिका–४, चरम्वीका सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस प्रवक्ता रामशरण महत लगायत नेताहरु आउने कार्यक्रम छ । मो...
घरमा आगलागी हुँदा जलेर २५ वर्षीया युवतीको मृत्यु

घरमा आगलागी हुँदा जलेर २५ वर्षीया युवतीको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ स्थित राइटोल नजिकै आज आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया अस्मिता केसी छिन् । आज बिहान स्थानीय आत्मराम केसी र हरिशरण केसीको ३ तले कच्ची घरमा आगलागी भएको थियो । अस्मिता आत्मरामकी छोरी हुन् । सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आगलागी हुँदा घरभ...
भोट हाल्न जाँदा मोबाइल, क्यामेरा लगे जफत गरिने

भोट हाल्न जाँदा मोबाइल, क्यामेरा लगे जफत गरिने

विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका दिन भोट दिन जाँदा मोबाइल, सलाई, लाइटर, क्यामेरा लगायत सामाग्री लैजान नपाइने भएको छ । मतदान केन्द्रभित्र मोबाइल लगायत सामग्री साथै लिएर जान नपाइने निर्वाचन आयोगले जनाएको हो । आयोगले मतदाताहरूलाई मोबाइल लगायत सामग्री लिएर मतदान केन्द्रमा नआउन सूचित गरेको छ । मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा ...
बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान-श्रीमतीको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान-श्रीमतीको मृत्यु

झापा । झापामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा आज श्रीमान–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ का नरेन्द्र मैनाली र पछाडि सवार उनकी श्रीमती सीतादेवी मैनाली छन् । आज दिउँसो कन्काई नगरपालिका–७ स्थित दुर्गापुरमा को १ ख ६७९४ नम्बरको बसले मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल लगिए पनि चिकित्सकले...
चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ

चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ

जनकपुरधाम । महोत्तरीको बलवा–७ स्थित बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादव लगायतका ६ जना र गाडी चालकलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा म...
मतदानस्थल रहेका विद्यालयमा चार दिन सार्वजनिक बिदा

मतदानस्थल रहेका विद्यालयमा चार दिन सार्वजनिक बिदा

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानस्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै मतदानस्थल रहेका विद्यालयहरू चार दिन बिदा दिने निर्णय भएको जनाएका छन् । अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइने गृह मन्त्रालयले जनाएको छ । सार्वजनिक तथा सरकारी कार्...
विराटनगर महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार

विराटनगर महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई एक लाख पुरस्कार दिने भएको छ । महानगरले आफ्नै प्रतीक चिन्ह प्रयोगमा ल्याउन लागेको हो । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ । इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मंसिर १८ गतेसम्म प्र...
उर्लाबारीमा पाहुना आएका मामालाई दाउले हानेर भान्जाले गरे हत्या

उर्लाबारीमा पाहुना आएका मामालाई दाउले हानेर भान्जाले गरे हत्या

मोरङ । मोरङको उर्लाबारीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । पथरी शनिश्चरे नगरपालिका–१ का ४२ वर्षीय काजी मोहरालाई उर्लाबारी नगरपालिका–८ का २२ वर्षीय सुजन पाचकोटीले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घरमा पाहुना आएका मोहरालाई आइतबार साँझ करिव साढे ११ बजे घरायसी विवादका क्रममा उनका भान्जा सुजनले टाउकोमा दाउ प्रहार गरेका थिए । दाउ प्रहारबाट घाइते भएका मोहरालाई उपचारका लागि म...
धनकुटाको सहिदभूमिमा तीन दिन सार्वजनिक बिदा

धनकुटाको सहिदभूमिमा तीन दिन सार्वजनिक बिदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आइतबार (आज) देखि तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले राई जातिको पापानी पर्वको अवसरमा दुई  दिन र सहिद स्मृति दिवसको अवसरमा एक दिन स्थानीय सार्वजनिक विदा दिएको हो । कात्तिक २२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । सहिदभूमिमा राई जातिको बाहुल्यता छ । त्यहाँ बसोबास गर्ने राई जातिले विशेष पर्वको रुपमा पापानी मनाउँने गर्छन् ।...
झापाबाट ब्राउन सुगरसहित एक युवा पक्राउ

झापाबाट ब्राउन सुगरसहित एक युवा पक्राउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ घर भई बुद्धशान्ति–३ मा बस्दै आएका ३१ वर्षीय मोहमद हुसेन छन् । गएराती करिव ९ बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट खटिएको प्रहरी टोलीले हुसेनलाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्दा हुसेनको साथबाट १०२ ग...
अटो दुर्घटना हुँदा हजुरबुवा र नातिको मृत्यु

अटो दुर्घटना हुँदा हजुरबुवा र नातिको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ दोखु ढुङगेस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शनिवार खोक्सेबाट सुकेटारतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००३ ह ३९०० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिव १५० मिटर तल भीरमा खसेको थियो । दुर्घटना हुँदा अटोमा सवार पाथिभरा याङबरक गाउँपालिका–१ का ७५ वर्षीय धन बहादुर गुरुङ र फुङलिङ–८ बस्ने उनका नाति ११ व...
डा.सुनिल शर्मा: जो चुनाव हारेर पनि जनताको सेवामा निरन्तर लागिरहे

डा.सुनिल शर्मा: जो चुनाव हारेर पनि जनताको सेवामा निरन्तर लागिरहे

विराटनगर । सामान्यतया चुनाव अघि नेताहरूले जनतालाई ठूलाठूला आश्वासन बाढ्छन् । चुनाव जितेपछि चुनाव अघि दिएका आश्वासन भुल्ने र जनमुखी भन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएको जनगुनासो प्रशस्तै भेटिन्छ । जनताले विश्वास गरेर जिताएका प्रतिनिधिले नै चुनाव अघिका आश्वासन बिर्सने गरेको अवस्थामा हार्नेले आश्वासन पुरा नगर्नु त सामान्य बिषय हो । तर, यही परिवेशका एक फरक पात्र हुन् डा.सुनिल शर्मा । २०७४ स...
धनकुटाका मतदाताको घरघर पुग्दै एमाले उम्मेद्वार निरन राई, ठाउँ-ठाउँमा भव्य स्वागत

धनकुटाका मतदाताको घरघर पुग्दै एमाले उम्मेद्वार निरन राई, ठाउँ-ठाउँमा भव्य स्वागत

धनकुटा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू अहिले चुनावी अभियानमा व्यस्त छन् । नेकपा एमालेका तर्फबाट धनकुटा क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्यका उम्मेद्वार निरन राई पनि घरदैलो, सभा र मतदाता भेटघाटमा व्यस्त छन् । निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका राई अहिले चौबिसे गाउँपालिकाका विभिन्न वडामा घुमिरहेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईसहितको टोलीसँग साँ...
मानव अधिकार तथा शान्ति समाजको सभापतिमा लम्जेल निर्वाचित

मानव अधिकार तथा शान्ति समाजको सभापतिमा लम्जेल निर्वाचित

धनकुटा । मानव अधिकार तथा शान्ति समाज धनकुटाको सभापतिमा हरिबहादुर लम्जेल सर्वसम्मत चयन भएका छन् । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा शनिवार सम्पन्न साधारण सभाले पत्रकार लम्जेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सभाले समितिको उपसभापतिमा नर्वदा लिम्बु (याखा), सचिवमा कविता तुम्वाहाङ्ग, सह–सचिवमा रिताकुमारी ओझा र कोषाध्यक्षमा जीवनाथ ढुंगानालाई चयन गरेको छ । त्यस्तै, सदस्य...
डा.सुनिल शर्माको घोषणा : सांसद बनेपछि तलब सुविधा लिन्न, निःशुल्क जनताको सेवा गर्छु (भिडियोसहित)

डा.सुनिल शर्माको घोषणा : सांसद बनेपछि तलब सुविधा लिन्न, निःशुल्क जनताको सेवा गर्छु (भिडियोसहित)

विराटनगर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेस नेता डा.सुनिल शर्माले चुनाव जितेर सांसद बनेपछि राज्यको तर्फबाट पाउँने तलब सुविधा नलिने घोषणा गरेका छन् । चुनावी अभियानमा जुटेका डा.शर्माले निर्वाचन क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । तलब नखाई निःशुल्क जनताको सेवामा समर्पित हुने डा.शर्माले बताए । ‘सांसद भ...
error: Content is protected !!