- संगालोखबर सम्वाददाता

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ स्थित राइटोल नजिकै आज आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया अस्मिता केसी छिन् ।

Advertisement

आज बिहान स्थानीय आत्मराम केसी र हरिशरण केसीको ३ तले कच्ची घरमा आगलागी भएको थियो । अस्मिता आत्मरामकी छोरी हुन् । सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षीया नित्मा केसीलाई भने सकुशल उद्धार गरी अस्पताल लगिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!