- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

जनकपुरधाम । महोत्तरीको बलवा–७ स्थित बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादव लगायतका ६ जना र गाडी चालकलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरु चढेको ज १ च ११७१ नम्बरको टाटा सुमो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!