- संगालोखबर सम्वाददाता

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानस्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै मतदानस्थल रहेका विद्यालयहरू चार दिन बिदा दिने निर्णय भएको जनाएका छन् ।

Advertisement

अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइने गृह मन्त्रालयले जनाएको छ । सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!