संगालोखबर


विराटनगर । रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ । आज बिहानको राति आएको बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता भएका छन् ।

जसमा चिनियाँ र नेपाली नागरिक छन् । इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता छन् ।

Advertisement

यस्तै चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता भएका प्रहरीको भनाइ छ ।

यसैगरी बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन् । जसमध्ये लामा, मोक्तान र तामाङ गाडी चालक रहेका प्रहरीले जनाएको छ ।

रसुवाकै उत्तरगया गाउँपालिका-५ उत्तरगयाधामको खोला किनारमा दाहिने खुट्टा फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!