धामीकामा हिँडेका बस्नेत मृत भेटिए

धामीकामा हिँडेका बस्नेत मृत भेटिए

सोलुखुम्बु।  दूधकौशीका गाउँपालिका–२ सोलुखुम्बुका ४८ बर्षीय राजेन्द्र बस्नेत मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीका अनुसार बिहीबार बिहान घरबाट झारफुकका लागि धामीकामा जान्छु भनेर हिँडेका बस्नेत साँझपख दूधकौशीका–५ मा मृत भेटिएका हुन् । उनी सामान्य बिरामी परेका थिए । उनको लडेर ज्यान गएको शंका गरिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएक...
‘हरेरी पूजा’ संरक्षण गर्न हरेरी महोत्सव

‘हरेरी पूजा’ संरक्षण गर्न हरेरी महोत्सव

कैलाली। सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी आदिवासी राना चौधरीको सामूहिक रुपमा गरिने ‘हरेरी पूजा’ धनगढी उपमहानगरपालिका –५ को जाइँमा एक महोत्सवका रुपमा बिहीबारदेखि शुरु भएको छ । हरेरी महोत्सव मूल आयोजक समिति धनगढीद्वारा आयोजित उक्त महोत्सवको उद्घाटन धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले गरे । उद्घाटनका क्रममा प्रमुख वडले कैलाली, कञ्चनपुरलगायतका क्षेत्रमा बसोबास गर्ने विभि...
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको १ अर्ब गृह मन्त्रालय पनि पुगेन

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको १ अर्ब गृह मन्त्रालय पनि पुगेन

काठमाडौं । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले बाढी प्रभावितका लागि वितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ । कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो किस्तामा ५० करोड र दोस्रो किस्तामा ५० करोड गरी एक अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो । तर, सो रकम बिहीबारसम्म गृह मन्त्रालयमा पुग...
२०७४ भदौ २ गते शुक्रबारको राशिफल

२०७४ भदौ २ गते शुक्रबारको राशिफल

मेष– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । वृष– पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । मिथुन– भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । कर्कट– भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । ...
धनकुटामा वेवारिसे शव भेटियो

धनकुटामा वेवारिसे शव भेटियो

धनकुटा, १ भदौ । धनकुटा नगरपालिका–७ स्थित धनकुटे खोला नजिक बिहिबार अपरान्ह वेवारिशे शव फेला परेको छ । सिरवानी स्थित घुमाउने चौतारा भन्दा तल्लो भागमा रहेको उक्त खोला नजिक करिब ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शव सड्न लागेको अवस्थामा भेटिएको बताईएको छ । घॉस काट्न गएका स्थानीयबासीले पाखामा वेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बिषयमा अनुसन्धान थालिने जिल्ला प्रहरी प...
तिम्रो घर तिमी बनाउ (कविता)

तिम्रो घर तिमी बनाउ (कविता)

तिम्रो घर तिमी वनाउ मेरो घर म आफै बनाउँला नि । तिम्रो घर वरपर तारजाली तिमी लगाउ मेरो घर वरपर म आफै लगाउँला नि । तिम्रो संसार तिमी वसाउ मेरो संसार म आफै बसाउँला नि । तिमी खुसी वन अनि म पनि त वनुँला नि । तिमी खुसी छु म भनि भन अनि म पनि त भनुँला नि । तिम्रो मायाँ अजम्वरी वनाउ अनि म पनि त वनाउँला नि । तिमी आफु रम्न सिक अनि म पनि त रमुँला नि । तिमी आफु हाँस्न सिक अनि म पनि त हा...
अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

नुवाकोट। भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पु¥याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ । नुवाकोटमा कार्यालय नै राखेर सञ्चालनमा रहेको अक्सफामको बट्टारस्थित गोदामघरमा रहेका मञ्जन, लुगा धुने र नुहाउने साबुन, सिमेन्टलगायतका राहत सामग्रीको म्याद सकिएको भेटिएको हो । जिल्लाका साविक नौ गाविसमा क्रियाशील रहेको संस्थाले भूकम्पप...
सहयोगीका भरमा छोटी भन्सार

सहयोगीका भरमा छोटी भन्सार

कञ्चनपुर । नायब सुब्बाको दरबन्दी रहेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित छोटी भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा काज सरुवा मिलाएर अन्यत्र जाने गरेका कारण भन्सार कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका हुन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा भन्सार कार्यालयले न्यून राजश्व संकलन गर्दै आएको छ । कार्यालयमा एक्लै बस्ने भएकाले असुरक्षा हुँदा सन्तोषजनकरुपमा राजश्व उठाउन नसकेको...
अज्ञात रोगले एउटै गाउँका दुई सयभन्दा बढी बिरामी

अज्ञात रोगले एउटै गाउँका दुई सयभन्दा बढी बिरामी

रुकुम । जिल्लाको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० बढी स्थानीयवासी बिरामी परेका छन् । हप्ता दिनयता उनीहरु धमाधम बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन् । टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका धेरैजसो बासिन्दा बिरामी परेको स्थानीयवासी कल्पना बुढाथोकीले जानकारी दिए । “भिन्नभिन्न खालका बिरामी दैनिकरुपमा बढ्दै गएका छन्,” उनले भने । बिर...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं।नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ५५ हजार रुपैयाँमा कारोवार भएको थियो । यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला ५५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ प्...
वाणिज्यदूत ढकालद्वारा इण्डोनेशियाको झण्डोत्तलन

वाणिज्यदूत ढकालद्वारा इण्डोनेशियाको झण्डोत्तलन

काठमाडौं।नेपालका लागि ईण्डोनेशियाका अवैतनिक वाणिज्यदुत चन्द्र प्रसाद ढकालले बिहीबार वाणिज्यदुतको कार्यालय आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका छन् । गणतन्त्र ईण्डोनेशियाको ७२औं स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तलन गरिएको हो । कार्यक्रममा नेपालमा बसोबास गरिरहेका  ईण्डोनेशियन नागरिक, वाणिज्यदुत कार्यालयका कर्मचारी तथा आइएमई ग्रूपमा कार्यरत कर्मचारी सहभागिी थिए । नेपाल र गणतन्त्...
बाढी प्रभावित क्षेत्रमा निः शुल्क घुम्ती स्वास्थ्य शिविर

बाढी प्रभावित क्षेत्रमा निः शुल्क घुम्ती स्वास्थ्य शिविर

लहान। जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहाको कल्याणपुर नगरपालिका–३ स्थित इटारी प्रसाहीका बाढीपीडितलाई लक्षित गरी तीनदिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो । बाढी प्रभ...
प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन, नगद सहयोग वितरण

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन, नगद सहयोग वितरण

नेपालगञ्ज। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गर्नु भएको छ ।   जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई रु छ लाखको चेक हस्तान्तरण गर्नुभयो । सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक प...
ममाथि अत्याचार भयो : रोनाल्डो

ममाथि अत्याचार भयो : रोनाल्डो

म्याड्रिड । रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूमाथि पाँच खेलको प्रतिबन्ध लगाइनु अत्याचार भएको बताएका छन् । स्पेनिस सुपरकपमा बार्सिलोनाविरुद्ध ३–१ को जीत निकाल्दा रोनाल्डोले रातो कार्ड पाएका थिए । उनलाई दुई पहेँलो कार्डका लागि एक खेल तथा रेफ्रीलाई धकेलेको कारण थप चार खेलमा प्रतिबन्ध लगाइएको थियो । उनले एउटा पहेँलो सर्ट खोले बापत र अर्को डाइभ गरेको आरोपमा पाएका थिए । ३२ वर्ष...
सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन नोकिया ८ सार्वजनिक

सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन नोकिया ८ सार्वजनिक

एजेन्सी । फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलले लण्डनको एक कार्यक्रममा आफ्नो फ्ल्यागशिप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको छ । यो दुनियाँको पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कार्ल जीस   लेन्सको प्रयोग गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन दाबी गरिएको छ । फोनमा १३ मेगापिक्सलको डुअल रियर क्यामरा दिइएको छ । दुबै क्यामरामा कार्ल जीस लेन्सको प्रयोग गरिएको छ । फोनको फ्रन...
किन घुर्छ मान्छे ?यस्ता छन कारण

किन घुर्छ मान्छे ?यस्ता छन कारण

आफ से आफ निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कछ , त्यसलाई घुर्नु ( स्नोरिङ ) भनिन्छ । सामान्यतया निधाएको बेलामा घुर्र्नु कुनै रोगको परिभाषा भित्र पर्दैन ।किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ , न दुखाई महसुस हुन्छ , न खान नरुच्ने नै हुन्छ । उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउदैन ।  यसले संगै सुत्ने वा नजिकै सु...
सबै दलले संकल्प लिई राहत, उद्धार तथा पुनःस्थापनामा जुट्न प्रचण्डको आह्वान

सबै दलले संकल्प लिई राहत, उद्धार तथा पुनःस्थापनामा जुट्न प्रचण्डको आह्वान

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दलले संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गरेका छन् । आज धनुषाको मिथिलेश्वर मौवाहीमा हुन लागेको शहीद चन्देश्वर मण्डलको स्मृति दिवसका अवसरमा शालिक अनावरण कार्यक्रममा सहभागी हुन आउनुभएका पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै...
विमानस्थलमा लेदो हटाउन सेना परिचालन

विमानस्थलमा लेदो हटाउन सेना परिचालन

विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ । करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो गरी लेदो हटाउनेलगायतका कार्यका जुटेका छन् । यस सम्बन्धमा नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमु...
शाहरुखको स्टारडम खतरामा, बक्स अफिसमा अर्जुन कपूरको फिल्मसँग हारे

शाहरुखको स्टारडम खतरामा, बक्स अफिसमा अर्जुन कपूरको फिल्मसँग हारे

एजेन्सी । बक्स अफिसमा अर्जुन कपूर र अनिल कपूरको फिल्म मुबारकांको प्रतिस्पर्धा शाहरुख खानको फिल्म जब ह्यारी मेट सेजलसँग थियो । यस्तोमा मुबारकांले जब ह्यारी मेट सेजलसँग तगडा प्रतिस्पर्धा गर्नुका साथै दोस्रो हप्तामा योभन्दा निकै अघि आएको छ । ह्यारी मेट सेजलले कूल ६१.०५ करोडको कमाई गर्यो, फिल्म घाटामा गयो । यसको लागत ८० करोड भारु हो । दोस्रो हप्तामा शाहरुखको फिल्म फिल्म चल्न निकै मुश्किल मानिरहेको...
झापामा बाढीबाट हालसम्म १३ को मृत्यु

झापामा बाढीबाट हालसम्म १३ को मृत्यु

भद्रपुर। झापामा हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । प्राप्त जानकारीअनुसार बाढीबाट दुई हजार ५२४ परिवार प्रभावित र दुई हजार ४४४ परिवार विस्थापित तथा ५२१ परिवारका घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सोसाइटीका सभापति लोकराज ढकालले बाढीमा परेका ४४० परिवारका दुई हजार २०० व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरी ...
चैनपुर बाढीको जोखिममा, अभियानमा आएको बजेट व्यक्तिको पेटमा

चैनपुर बाढीको जोखिममा, अभियानमा आएको बजेट व्यक्तिको पेटमा

बझाङ। बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । चैनपुरलाई जोगाउन सदरमुकाम चैनपुर बचाउ अभियानमा आएको रकमको प्रयोग भने सामान्य देखावटीरुपमा गरेपनि ठेकेदार र सरोकारवालाको पेट भर्ने बाटो मात्रै बन्दै गएको छ । बाहिरबाट हेर्दा सेती नदी र बाहुलीगाड खोलाले तीनतिरबाट घेरेर बनेको चैनपुर सानो चिटिक्कको उपत्यकाजस्तै देखिन्छ । यसै कारण यो सदरमुकाम सुदूरका पहाडी जिल्लामा सबैभन्दा मिलेको र स...
बाढीले धनुषामा थप दुईको मृत्यु

बाढीले धनुषामा थप दुईको मृत्यु

धनुषा।  अविरल वर्षासँगै आएको बाढीका कारण धनुषामा थप दुईको मृत्यु भएको छ । धनुषाको पूर्वी क्षेत्रमा पर्ने कमला सिद्धिदात्री गाउँपालिकाको माची झिट्कैया–४ स्थित पर्सा टोलका ५० वर्षीय सुदीप साहको बुधबार मृत्यु भएको छ । साह गाई भैँसीका लागि घाँस काटेर फर्किदै गरेको अवस्थामा लडेर नहरमा खस्दा मृत्यु भएको स्थानीय सुजीतकुमार मण्डलले जनाएका छन् । नहरमा खसेका साह तीव्रगतिमा चलेको पानीको भेलले बगाएर लगेको...
काँग्रेसका नगर सभापति पवन खड्काको दुर्घटनामा मृत्यु

काँग्रेसका नगर सभापति पवन खड्काको दुर्घटनामा मृत्यु

झापा ।  मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उनको गएराति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय तटबन्धले नेपालमा डुबान, कैयौंको उठिबास

भारतीय तटबन्धले नेपालमा डुबान, कैयौंको उठिबास

काठमाडौं । कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ । यसबाट ६ सय परिवारको उठिबास भएको छ भने हजारौं बिघा जमिनमा लगाइएको धानबाली सखाप भएको छ । भारतले बनाएको पश्चिमी तटबन्ध (भारदहदेखि तिलाठीसम्म) राखिएका ६ वटा जलद्वार (स्लुइस गेट) बाट कोसीको पानी नेपाली भूभागमा छिरेको हो । यी जलद्वारबाट केही वर्षअघिसम...
धनकुटा नगरसभाको अधिवेशन भदौ ९ मा हुँने

धनकुटा नगरसभाको अधिवेशन भदौ ९ मा हुँने

धनकुटा। धनकुटा नगरसभाको अधिवेशन आगामी भदौ ९ गते हुँने भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गको अध्यक्षतामा बसेको धनकुटा नगरकार्यपालिकाको तेस्रो बैठकले नगरसभाको मिति निर्धारण गरेको हो । यसअघि साउन ३१ गते नगरसभाको अधिवेशन गर्ने तयारी गरिएको भएपनि बिशेष कारणबस अधिवेशन सारिएको धनकुटा नगरपालिकाका प्रवक्ता जम्सेर राईले जानकारी दिए । उनका अनुसार बैठकले बिषयतग समितिहरुको सदस्यसचिव पनि तोकेको...
२०७४ भदौ १ गते बिहिबारको राशिफल

२०७४ भदौ १ गते बिहिबारको राशिफल

मेष– वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। मेष– वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। वृष– केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ। मिथुन– दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टा...
धनकुटाका खेलाडी सुजललाई ‘भोटिङ’ गरेर अवार्ड जिताउँन आग्रह

धनकुटाका खेलाडी सुजललाई ‘भोटिङ’ गरेर अवार्ड जिताउँन आग्रह

धनकुटा, ३२ साउन । नेपाल खेलकुद पत्रकार महासंघले चर्चित खेलाडीको रुपमा प्रदान गर्ने पल्सर अवार्डका लागि धनकुटाका खेलाडी सुजल श्रेष्ठलाई ‘भोटिङ’ गरेर जिताउन परिवार तथा समर्थकले आग्रह गरेका छन । हरेक वर्ष प्रदान गरिने उक्त अवार्डका लागि यस वर्ष चर्चित खेलाडीका रुपमा सुजल श्रेष्ठ ५ जनामा छनौट भएका छन । खेलाडी श्रेष्ठको परिवार तथा समर्थकहरुले बुधबार धनकुटामा पत्रकार सम्मेलन गरी सुजलका लागि म्यासेज ...
धनकुटा जिससमा एमालेको प्यानल निर्विरोध, चुवान भए प्रमुख

धनकुटा जिससमा एमालेको प्यानल निर्विरोध, चुवान भए प्रमुख

धनकुटा, ३२ साउन । जिल्ला समन्वय समिति धनकुटामा एमालेको प्यानलनै निर्विरोध निर्वाचित भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका टंकबहादुर चुवान निर्वाचित भएका छन । त्यस्तै उप–प्रमुखमा एमालेकै बंगलाकुमारी राई निर्वाचित भईन् । सदस्यहरुमा पनि एमालेकै शीव आङ्ला, ओङ्दा थिङ तामाङ, डागमकुमार राई, अम्बिका बुढाथोकी खड्का, आयुश्मा विश्वकर्मा र सीता राई निर्वाचित भएका छन । निर्वाचित पदाधिकारी तथा सदस्यह...
दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

काठमाडौं। दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्‍याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् । करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी उनलाई वेश्यालयमा बेचिएको हो । अंग्रेजी भाषाको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार ती महिलालाई दिल्ली प्रहरी, दिल्ली महिला आयोग र एक गैरसरकारी संस्थाको पहलमा उद्धार गरिएको छ । जीबी रोडस्थित एक वेश्यालयमा ...
दुई दिनदेखि बेपत्ता जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष भेटिएनन्

दुई दिनदेखि बेपत्ता जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष भेटिएनन्

इलाम । इलामको राजदुवालीस्थित माइखोलामा पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता भएका जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष रोहन आचार्य अझै फेला परेका छैनन् । माइखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका इलाम नगरपालिका–७ का ३३ वर्षीय आचार्यको खोजी तीव्र पारिए पनि नभेटिएको प्रहरीले जनाएको छ । बेपत्ता आचार्यको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका...
अक्षय कुमारले मिलाए सुनिल ग्रोवरसँग हात, कपिललाई लाग्नेछ ठूलो झट्का

अक्षय कुमारले मिलाए सुनिल ग्रोवरसँग हात, कपिललाई लाग्नेछ ठूलो झट्का

एजेन्सी । कपिल शर्माको शो छोडेपछि हाँस्यकलाकार सुनिल ग्रोवरको मागमा वृद्धि भएको छ । कपिलको कार्यक्रममा फिर्ता नहुने खबर आइरहेका बेला सुनिलले चाँडै नै आफ्नो नयाँ कार्यक्रमलाई पस्किने हुने सार्वजनिक भएको थियो । तर अब सुनिलको टेलिजिनमा फिर्ताको विषयमा अर्को समाचार भारतीय मिडियाले प्रकाशित गरेको छ । सुनिलले चाँडै नै अक्षय कुमारको कार्यक्रमको होस्ट गर्ने बताइएको छ । अक्षय कुमार टेलिभिजनको एक कार्यक...
error: Content is protected !!