ताप्लेजुङ, २४ कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका मेची अञ्चल ईन्चार्ज सुमनलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।

Advertisement

मंसिरमा हुने निर्वाचन खारेजी अभियान चलाइरहेका ४० वर्षीय सन्तोष पतन्वा सुमनलाई विहीवार साँझ उपचारका क्रममा न्युरो अस्पताल विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कात्तिक १६ गते पाँचथरको सिंहापुरमा मोटरसाइकल दुर्घटनमा घाइते ईन्चार्ज सु्मनलाई उपचारका लागि झापास्थित बिएन्डसी अस्पतालमा लगिएको थियो ।

तर त्यहाँ सम्भव नभएपछि उपचारका लागि न्युरो पु्रयाइएको सुमनकी पत्नी विमला हाङवाङले बताइन् । उनका अनुसार उपचारका लागि बेडमा राखिएको अवस्थामा सोधपुछ गर्न भन्दै प्रहरीले पक्राउ गरेको बिमलाले बताइन् ।

यता विप्लवका जिल्ला ईन्चार्ज आशीषले अस्पतालबाटै भएको गिरफ्तारीप्रति आपत्ति जनाउँदै बिनाशर्त रिहा नगरे कार्यकर्ता रक्षाका लागि पार्टीले प्रतिकार गर्ने चेतावनी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!