काठमाडौं, २५ कात्तिक । राजधानीको गोंगबुमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार(हिजो) बेलुकी ७ बजे बा १ क ६९५० नम्बरको पानी ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

बाँके, नेपालगंज घर भई गोंगबु बस्दै आएका २२ बर्षीय कृष्ण खड्काको  मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाइते भएका खड्काको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो ।

ट्याङकर चालकलाई महानगरिय प्रहरी प्रभाग, गोंगबुले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!