गुल्मी, २४ कात्तिक । कार्तिक १६ गते मनोनयन दर्ता गरेर चुनावी प्रचारमा हिँडेदेखि नै गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य उमेदवार प्रदीपकुमार ज्ञवाली र सोही क्षेत्र प्रदेश ‘क’ का उमेदवार सुदर्शन वरालको साधारण जीवनशैली देखेर मतदता र उनिहरुसँगै खटिएका कार्यकर्ताहरु छक्क परेका छन् ।

Advertisement

नेता ज्ञवाली र बरालको चुनावी यात्राका क्रममा वलेटक्सार, वम्घा हुँदै हर्मिचौर अर्वेनी, पर्तिघाट, खड्गकोट , पारी फोक्सीङ्ग , ग्वाघा हरेवा पुग्दा सात दिन वितेको थियो । उनिहरुसँगै हिडेका कार्यकर्ता नवराज भुसाल भन्छन्, ‘नेता कमरेडहरुले सात दिनको अवधिमा कुनै तडक भडक गरेका छन् । चुनाव भनेपछि होटलमा माछा मासुसहितको खाना खाने र खुावाउने चलन छ । तर, यहाँ फरक देखिएको छ ।

भुषालका अनुसार यो अवधिमा उनिहरुले बास बस्ने स्थानमा खानाको अर्डर पनि कहिल्यै गरेनन् । ‘जहाँ जुन घरमा जे पाकेको छ, त्यही खाँदै हिँड्ेका उनिहरुले कहिले भुटेका मकै त कहिले कोदोको रोटी अनि कहिले सिस्नु र ढिडो खाएर आफूलाई कार्यकर्ताभन्दा माथि नरहेको महसुस दिलाएका छन्,भुषालले भने ।

उम्मेदवार ज्ञवाली र बरालसँगै रहेका पत्रकार हुमाकान्त पोखरेल नेताहरुको सादा जीवनशैलीबाट प्रभावित भएको बताउँछन् । झोलामा दुई चार जोर सर्ट, पाइन्ट र ज्याकेट बोकेर हिडेका उनिहरुलाई साविकको क्षेत्र नम्वर १ का गाउँहरु लेक पर्ने भएकोले जाडोले भने अलि सताएको थियो ।

उनीहरुसँगै रहेका माओवादी केन्द्रका जिल्ला सह–संयोजक युवराज केसीले उम्मेदवारद्वयले किसानहरुले धान, कोदो मकै स्याहार्न जनतालाई भ्याई नभ्याई भएकोले चुनावी सभालाई भन्दा घर दैलो र खेतवारीमा पुगेर जनतासँग मत माग्ने गरेको जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!