- संगालोखबर सम्वाददाता

धनकुटा, २४ कात्तिक । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा शुक्रवार राती ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।डुम्रेबाट पराल लिएर मुलघाट तर्फ आउँदै गरेको मे.१ त. ५९७ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय ४८ बर्षीय शुक्रबहादुर याख्खाको मृत्यु भएको हो ।

Advertisement

डुम्रे मुलघाट सडक खण्डमा साँझ करिव ७ बजे याख्खालाई ट्याक्टरले ठक्कर दिएको थियो ।

ठक्करबाट गंभीर घाईते भएका उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याउँदै गर्दा राति करिव ८ बजे बाटैमा मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिएका छन ।

घटनापश्चात ट्याक्टर र चालक साँगुरीगढी–१ बस्ने २४ बर्षीय मनकुमार राईलाई मुलघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ । घटनास्थल मुलघाट प्रहरी चौकीबाट करिव २१ किलोमिटर उत्तर पूर्वमा पर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!