- संगालोखबर सम्वाददाता

धनकुटा, २४ कात्तिक । धनकुटाको हिले बजारमा आज बिहान पिकअप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । पाख्रीवासबाट दुध लिएर निगाले आउँदै गरेको को.१ ज १७८८ नम्बरको पिकअप बिहान करिव साँढे आठ बजे ब्रेक फेल भएर हिले वीच बजारमा पल्टिएको हो ।

दुर्घटनामा परी पिकअप चालक पाख्रीवास नगरपालिका–४ का ३४ बर्षीय हेडम राउत र सह–चालक पाख्रीवास–१ का १६ बर्षीय बिजय गुरुङ घाईते भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिएका छन ।

Advertisement

घाईते दुवैको हिले पोलिक्लिनिकमा उपचार भईरहेको छ । हिले सिरान बजारमै ब्रेक फेल भएर अनियन्त्रित भएको पिकअपलाई चालकले पैदलयात्रु र घरलाई जोगाउँदै सडकमा पल्टाएकाले थप क्षति हुनबाट जोगिएको हिलेका स्थानीय निरज शाहीले बताएका छन ।

पिकअप दुर्घटनाका तस्वीरहरु हेर्नुहोस्…

पिकअप दुर्घटना भएपछि हेर्न भेला भएका सर्वसाधरणहरु ।
पिकअप दुर्घटना भएपछि हेर्न भेला भएका सर्वसाधरणहरु ।
पिकअप दुर्घटना भएपछि हेर्न भेला भएका सर्वसाधरणहरु ।
हिले बजारमा पल्टिएको पिकअप ।
हिले बजारमा पल्टिएको पिकअप ।
हिले बजारमा पल्टिएको पिकअप ।

तस्वीरहरु: निरज शाही

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!