संगालोखबर


दाङ । दाङको तुलसीपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु भएको छ । आज बिहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दवै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक लमही–५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराजको उपचार क्रममा मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार नेपालगन्जस्थित संजिबनी कलेज अफ मेडिकल साइनसेजमा बिहान ९ः४० बजे मिनराज र १०ः२ बजे मनोजलाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मनोज की श्रीमती ३४ वर्षीया अनुसा नेपाली घाइते भएकी छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू बिदा परेकाले तुलसीपुर-६ स्थित ससुराली गएका थिए । आज छोरालाई विद्यालय पठाउनुपर्ने भएकाले उनीहरू बिहानै घर फर्किएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!