
इटहरी, २४ कात्तिक । इटहरीमा गए राती गोली चलेको छ । इटहरी ४ स्थित पाँनधारे चोकमा गोली चलेको हो । गोली चलेको स्थानबाट एक थान गोलीको खोका बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय बहादुर राउतले बिहिबार राती ९ बजेको समयमा गोली चलेको पुष्टि गरे । पेस्तोलबाट गोली फायर भएको हुन सक्ने उनले बताए ।
राउतका अनुसार दुई युवाबीच विवाद हुदा गोली चलेको अनुसन्धानबाट खुलेको बताए । गोली चलाउने इटहरीका मनोज चौधरी रहेको बताइएको छ । गोली चल्दा कोही घाइते नभएको र तर्साउन हवाई फायर गरेको हुन सक्ने अनुमान गरिएको छ ।
दुवैको खोजीमा प्रहरी परिचालन गरिएको समेत डिएसपी राउतले बताए । चुनावको मुखमा साना हतियारको जोखिम प्रहरीले औलाइरहेको समयमा यो घटनाले प्रहरीलाई थप गम्भीर बनाएको बताइएको छ । यस अघि पनि इटहरीको एक सुन पलमा कटुवा पेस्तोल देखाई लुटपाट भएको थियो ।















