- संगालोखबर सम्वाददाता

धनकुटा, २४ कात्तिक । धनकुटामा इसेवा प्रयोगकर्ता बढ्दै गएका छन । नेपालकै पहिलो डिजिटल पेमेन्ट मानिने इसेवा प्रयोग गर्नेहरु बढ्दै गएका हुन । ब्यक्तिगत प्रयोजनका लागि सहज भएकाले इसेवा प्रयोगकर्ता बढ्दै गएको धनकुटाका इसेवाजोन सरोज भुजेल बताउँछन् ।

मोवाईल एप्स मार्फत मोवाईल रिचार्ज, डिस टिभि रिचार्ज, अनलाईन सपिङ, प्लेन टिकट, ईन्टरनेटको रकम भुक्तानी, बिधुत महसुल तिर्ने, टेलिफोनको विल तिर्ने जस्ता काम घरैमा बसीबसी गर्न सकिने हुँनाले इसेवा प्रति आकर्षण बढेको भुजेलको भनाई छ ।

Advertisement

रिचार्ज कार्ड कोट्याउँने झन्जट नहुँने, नेटवर्कको समस्याले बारम्बार पिननम्बर डायल गरिरहनु नपर्ने तथा समयअनकुल छिटो र छरितो सेवा भएकाले इसेवा सहज माध्यम भएको प्रयोगकर्ताहरु बताउँछन ।

धनकुटामा इसेवा आईडी बनाईदै । तस्वीर : संगालोखबर

धनकुटा वजार, जोरपाटी बजार, सिधुवा वजार, डाडाँवजार, कुरुलेतेनुपा, लगायत स्थानहरुबाट इसेवा अनलाईन पेमेन्ट हुँने गरेको छ ।

धनकुटामा हाल सय भन्दा बढीले परामर्श गरि आईडी वनाएको र १५ जनाले व्यवसायीक आईडी वनाई इसेवाको काम गरिरहेको धनकुटाका इसेवाजोन भुजेलले संगालोखबरलाई जानकारी दिएका छन ।

‘ईसेवा आईडी बनाएर व्यालेन्स लोड गर्नु भनेको पर्समा रकम बोक्नु जस्तै हो ।’ इसेवाजोन भुजेल भन्छन ‘पर्सको पैसा हराउँन सक्छ, चोरी हुन सक्छ,  भएका नोटहरु च्यातिन सक्छन, तर इसेवा प्रयोग गरेपछि यो समस्या हुँदैन ।’

धनकुटामा इसेवा मार्फत मोवाईल रिचार्ज, डिसहोम रिचार्ज, टेलीफोन बिल र प्लेन टिकट काट्ने काम बढी मात्रामा हुँने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!