इलाम, २४ कात्तिक । नगदेबाली उत्पादनको लागि अग्रणी जिल्ला इलामबाट ९६ करोड रुपैयाँको अदुवा निर्यात भएको छ। जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकअनुसार गत आर्थिक वर्षमा  २७ हजार ५ सय ७० मेट्रिक टन अदुवा निर्यात भएको हो।

घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले व्यावसायिक खेतीमा किसानहरुको आर्कषण बढदो छ। इलाममा उत्पादन भएको अदुवा झापाको काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुने गरेको छ भारतीय एकाधिकार रहेको अदुवा निर्यात खुला भएपछि यस वर्षको उत्पादन सहज रुपमा निकासी हुनेमा किसानहरु आशावादी छन्।

Advertisement

कुल उत्पादनको २६ प्रतिशत अदुवा मात्रै जिल्लाका बजारमा खपत हुने गरेको छ। बीउमा ६ हजार ४ सय ६६ मेट्रिक टन अदुवा खपत हुन्छ। भारतले विभिन्न कारण देखाउँदै पटक–पटक नेपाली अदुवाको निकासी रोक्ने गर्नाले किसान मारमा पर्ने गरेका छन्।

पछिल्लो समय रोगको संक्रमण बढेकाले किसानहरु मारमा पर्ने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ साहले बताए। जिल्लाका १२ हजार ९ सय ३२ किसान अदुवाको व्यावसायिक खेती गर्छन्। ३ हजार २ सय ३३ हेक्टरमा खेती भइरहेको अदुवा १ देखि ७० मनसम्म खेती गर्ने किसान जिल्लामा छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!