कञ्‍चनपुर, २४ कात्तिक । कञ्‍चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख केदार शर्मा छ लाख घुसको रकमसहित पक्राउ परेका छन्।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालयको टोलीले घुस लिदै गर्दा उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ।

उनीहरुको साथबाट नगद  ६ लाख रुपैयाँ सहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएकोछ। घुसको रकमसहित कर्मचारी नियन्त्रणमा लिएको छ, सम्पर्क कार्यालय भीमदत्तनगर कञ्चनपुरका निमित्त प्रमुख विष्णुसिंह विष्टले बताए। शर्मा र पाण्डेयले निर्माण व्यवसायीबाट उक्त घुस लिइएको प्रारम्भिक जानकारी आएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!