गौशाला, २४ कात्तिक । महोत्तरीे सोनमा गाउँपालिकामा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका– ६ का ६० वर्षीय बुधन बिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Advertisement

घरायसी विवादका कारण गएराति धानमा छर्किने रोगर नामक विषादी सेवन गरेका बिनको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । यसअघि सम्सी स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई अञ्चल अस्पताल जनकपुर लगिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!