काठमाडौं, २४ कात्तिक ।  जापानको  रेमिट्यान्स  कम्पनी  सिटी  एक्सप्रेस मनी  ट्रान्सफर र  कोरियन  कम्पनीको संयुक्त लगानीमा स्थापित जी मनी ट्रान्सले  नोभेम्बर  ११,  २०१७  बाट आफ्नो  सेवा शुरु गर्दैछ ।

Advertisement

दक्षिण कोरिया सरकारले यही जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुल्ला गरेको थियो । रेमिट्यान्स सेवा सञ्चालनको अनुमतिको लागि थुप्रै  कम्पनीहरुले आवेदन दिएकोमा  अनुमति  प्राप्त  गर्ने  केही  सिमित  कम्पनी मध्ये जीमनी ट्रान्स एक हो ।

हाललाई कम्पनीको आन्सान शाखाबाट सेवा सञ्चालन गर्न लागेको जी मनि  ट्रान्सले केही दिन मै मोबाइल एपबाट पनि सेवा शुरु गर्ने जनाएको छ ।

कोरियाबाट पठाएको १० मिनेट मै नेपालमा रहेका आफन्तजनहरुले  नेपाल अधिराज्यभरका  सिटी एक्सप्रेस मनी ट्रान्सफरका ५००० भन्दा धेरै भुक्तानी केन्द्रहरु बाट पैसा पाउन सक्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!