बर्दिबास, २५ कात्तिक । दुई महिनायता महामारीको रुप लिएको डेंगु अझै नियन्त्रण हुन सकेन बर्दिबासमा शुक्रबार सम्म ६ सय १६ डेंगुको बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यलय महोत्तरीले जनाएको छ ।

Advertisement

रोग नियन्त्रण महाशाखा काठमाडौंले जाडो सुरु भएसंगै डेंगु नियन्त्रण हुने बताए पनि तराई क्षेत्रमा अझै नियन्त्रणमा आउन सकेको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यलय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोष कुमार ठाकुरले फगिङ गर्न प्राविधिक झापा गइसकेको  र सिकेर आएपछि मात्रै फगिङ गरिने बताए ।

यसैबिच बर्दिबास नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यलय महोत्तरीले डेंगु नियन्त्रण गर्न कुनै प्रयास नगरेको जनगुनासो बढेको छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक बिरामीका आफ्न्तले फगिङ र स्पेरिङ गर्न आलटाल भएको बताए ।

जिल्ला जनस्वाथ्य कार्यलयका स्वास्थ्य प्रमुख राजिव झाको मोबाइल फोन कार्यलय समयअवधिभर बाहेक अन्य बेला अफ हुने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!