काठमाडौँ, २४ कात्तिक । कन्सल्टेन्सीको आवरणमा क्यानडा, टर्की, मकाउ लगायका देशहरुमा पठाइदिन्छौँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मित्रपार्कमा एक्सा वाई इन्टरनेसनल प्रालि नामक कन्सल्टेन्सी सञ्चालकहरु अशोक कुमार यादव र ईश्वरी शिवभक्ति यादव रहेका छन् ।
सप्तरी विष्णुपुरका यादव र रौतहटकी ईश्वरी शिवभक्ति यादवले रुपन्देही तिलोत्तमा नगरपालिका–८ का विवेश भुसाल सहित ४ जनाबाट करिब १५ लाख ठगेको महानरीय अपराध महाशाखाले जनाएको छ ।
सरकारी स्विकृती बिना नै सञ्चालन गरेको कन्सल्टेन्सीको ब्यानर देखाएर ठगी गर्दै आएका यादवद्वयलाई महाशाखाले गत बुधवार महाराजगञ्जबाट नियन्त्रणमा लिएको हो ।
मुलुकी ऐनको ठगी महल अनुसार म्याद लिएर उनिहरुमाथी थप अनुसन्धान तथा कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।















