इटहरी, २४ कात्तिक । कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीमा रहँदा करोडौँ रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका लेखापाल सुरेश अधिकारीमाथि अख्तियारद्वारा अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फरार रहेको अवस्थामा उनलाई काठमाडौँबाट गत आइतबार पक्राउ गरेको थियो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका अधिकारीले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको आरोप छ ।

Advertisement

अधिकारीमाथि ६१ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको सहसचिव तथा आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । करोडौ रकम हिनामिना गरेको बिषयमा तल्लो तहबाट अनुसन्धान शुरु गरिएको उनले बताए । जसमा अन्य कर्मचारीको मिलेमतोको पिषयमा पनि अनुसन्धान हुने  कोइरालाको भनाई छ ।

०७०–७२ को अवधिमा राजस्व दाखिला नगरेको आरोपमा अख्तियारले तीन उपसचिव, दुई अधिकृत र तीन लेखापाल गरी आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । छानबिनका क्रममा लेखापाल अधिकारीसहित केही कर्मचारी निलम्बनमा परी सकेका छन् ।

राजस्व हिनामिना प्रकरणमा अख्तियारले यातायात कार्यालयका तत्कालीन प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

लेखा अधिकृत कुमारबहादुर कटुवालविरुद्ध दुई करोड १४ लाख र टीकाराम अधिकारीविरुद्ध ५७ करोड २५ लाख, लेखापाल सुरेश अधिकारीविरुद्ध कुल बिगोको सबै हिस्सा अर्थात् ६१ करोड २१ लाख रुपैयाँ, देवराज नेपालमाथि ४५ करोड ६१ लाख, रुद्रप्रसाद दाहालविरुद्ध २१ करोड ६३ लाख रुपैयाँ बिगो माग दाबी सहित विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरिसकेको छ ।

यता पक्राउ परेका अधिकारीको सबै सम्पत्ति अख्तियारद्वारा रोक्का गरेको छ । उनको इटहरी, काठमाडौं र विराटनगरमा आलिसान घर जोडेका छन् । अधिकारीले सोही घरमा डिस्को समेत संञ्चालन गर्ने गरेको प्रहरीले बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!