५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट
काठमाडौं, २७ कात्तिक । नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।
सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।
कम्पनीका अनुसार भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ...

























