मेस्सीको किर्तिमानसँगै बार्सिलोनाको दोस्रो जीत
बार्सिलोना । लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ ।
अर्जेन्टिनी खेलाडीको पहिलो हाफको पेनाल्टी आलाभेसका गोलकिपर फर्नान्डो पाचेकोले बचाउ गरेका थिए ।
खेलको दोस्रो हाफको शुरुवातसँगै उनले बार्सिलोनालाई अग्रता दिलाएका थिए भने ६६ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।
उनले ह्याट्रिक पूरा गर्ने अवसर पाए पनि २० यार्ड टाढाबाट गरे...


















