रसुवा, २७ कात्तिक । मतदानको मिति नजिक आउँदै गर्दा रसुवामा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा टक्कर पर्ने देखिन थालेको छ ।

Advertisement

दुवै पक्षले आफ्नो जित सुनिश्चित भएको दावी गर्दै नेता, कार्यकर्ता र उम्मेदवार सहित गाउँ गाउँमा भोट माग्ने अभियानलाई तिव्र बनाउनुका साथै चुनावी सभा गरेर शक्ति प्रर्दशन गरिरहेका छन् ।

केरुङ नाकाको कारण सधैं चर्चामा आइरहने रसुवा जिल्लामा यो पटकको निर्वाचन विगतको भन्दा कडा प्रतिष्पर्धा हुने भएको छ ।
एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ बाम गठबन्धनबाट एमालेका जनार्दन ढकाल र लोकतान्त्रिक गठबन्धनबाट कांगे्रसका मोहन आचार्य चुनावी मैदानमा उत्रिएका छन् ।

वाम गठबन्धनबाट प्रदेश क मा एमालेका कन्र्याल लामा र पदेश ख मा माओवादी केन्दका इन्द्र गोतामे ‘जगतजंग’ उम्मेदवार छन् । लोकतान्त्रिकबाट प्रदेश क मा कांग्रेसका प्रभात लामा र प्रदेश ख नयाँ शक्तिका पे्रमबहादर तामाङ उम्मेदवार छन् ।

स्थानीय तहमा प्राप्त मतका आधारमा देशका अधिकांश निर्वाचन क्षेत्रमा वाम गठबन्धन अगाडी देखिएको छ । तर, लोकतान्त्रिक गठबन्धन अगाडि भएका थोरै निर्वाचन क्षेत्रमध्येमा रसुवा पनि परेको छ । रसुवाका पाँच  गाउँपालिकामा चारपार्टी (एमाले, नयाँशक्ति, कांग्रेस र माओवादी)ले प्राप्त गरेको मतको आधारमा लोकतान्त्रिक गठबन्धन अगाडि छ ।

स्थानीय तह निर्वाचनमा यो जिल्लामा एमालेले ७ हजार १ सय ३९, कांगे्रसले ७ हजार १ सय ३०, नयाँ शक्ति पार्टीको ४ हजार ५५ र नेकपा माओवादी केन्द्रले २ हजार ५  सय ८ मत पाएका थिए ।

यसलाई आधार मान्दा लोकतान्त्रिक गठबन्धन बाम भन्दा १५ सय ३६ मतले अघि देखिन्छ । स्थानीय तह प्रमुखमा २ वटामा एमाले, २ वटामा कांग्रेस र एउटामा नयाँ शक्ति विजयी भएकोमा उपपम्रख भने सबै एमालेले जित्न सफल भएको रसुवामा कांग्रेस र नयाँ शक्ति मिलेपछि एमाले र माओवादी गठबन्धन थोरै कमजोर हुन पुगेको छ ।

पहिलो चरणको वैशाख ३१ को स्थानीय तह निर्वाचनमा एक गाउँपालिकाको प्रमुख जितेर रसुवाले नयाँ शक्तिको नाक राख्न सफल भएको थियो । यसकारण पनि रसुवामा नयाँशक्तिको रामै प्रभाव रहेकोमा अहिले धेरै कार्यकर्ता वाम गठबन्धनतिर लागेकाले कमजोर देखिन्छ । ढकाल र आचार्य दुबै निर्माण व्यवसायी हुन् ।

२०७० सालको निर्वाचनमा एमालेबाट ढकाल माओवादीका उम्मेदवार प्रेमबहादुर तामाङलाई झिनोमतले पराजित गर्न सफल भएका थिए । ६४ मा माओवादीबाट विजयी, ७० मा पराजित तामाङ अहिले नयाँ शक्तिमा छन् । र, उनी लोकतान्त्रिक गठबन्धनबाट प्रदेशतर्फ उम्मेदवार छन् ।

एमालेका ढकालले भूकम्प पीडितको निजी आवास निर्माणमा सहयोग गर्ने र विस्थापितलाई स्थापित गराउन, रसुवागढी नाकालाई व्यवस्थितगर्ने र गल्छी केरुङ सडकको स्तरोन्नतीलाई मुख्या चुनावी मुद्धा बनाएका छन् भने आचार्यले रसवाको भइरहेको नीतिगत र संस्थागत भ्रष्टाचार अन्त्य गर्ने, राज्य प्रशासनमा सबैको पहुँच विस्तार गर्ने लगायतका मुद्धा अघि सारेका छन् ।

‘रसवाको समृद्धिको लागि ल्याएको योजना पुरा नभएकोले त्यसलाई पुरा गराउन फेरि उम्मेदवार भएको हँु’ उम्मेदवार  ढकालले भने । उनी वामगठबन्धनकै कारण निर्वाचनमा जित हासिल गर्नेमा विस्वस्त रहेको बताउँछन् । उनले रसुवाको समृद्धिका लागि बाँकी कार्यभार पनि पूरा गर्न आफु लागेको बताएका छन् ।

यता, आचार्य पनि लोकतान्त्रिक गठबन्धन रसुवामा बलियो रहेका कारण चूनौती नरहेको र  विपक्षीको भ्रमलाई चिरेर शान्तिपूर्ण रुपमा  निर्वाचन सम्पन्न गराई विजयी हनेमा ढुक्क रहेको बताउँछन् ।‘नयाँ शक्ति र कांग्रेसबीचको गठबन्धनको सन्देश स्थानीयस्तरका कार्यकर्तासम्म पगेको छ सवै एकसाथ चुनावी अभियानमा सक्रिय छन्’

 उनले भने ‘गठबन्धनको मत अन्त जादैन । हामी नै जनताको मन जित्न सफल हुन्छौं ।’ ७० को निर्वाचनमा ढकालले रसुवाको दक्षिण क्षेत्र(बाहनक्षेत्री बहुल)को कांग्रेसका मत समेत लिएर जितेको चर्चा पनि चलेको छ ।

रसुवा कांग्रेसका केही दक्षिण क्षेत्रका केही नेतालाई पार्टीलाई असहयोग गरेको भनि कारवाही गर्न समेत सिफारिस गरेको थियो । तर, अहिले ढकाल र आचार्य दुवै जिल्लाको दक्षिण क्षेत्रकै वासिन्दा भएकोले कांगे्रसको मत यस पटक एमालेमा कमै जाने भएको कारण पनि दुवै गठबन्धन कमजोर नरहेको राजनीतिक कार्यकर्ताहरु बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!